ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भीरमा लडेर फसेकी महिलाको उद्धार गरिएको छ ।
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा सदस्य एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गरेको छ।
सुनसरीको हरिनगर गाउँपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बुधबार सुनसरीको हरिनगर गाउँपालिका वडा २ स्थित रामनगर भुटाहा सडकमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको प्र.१–०२०४९ प. ५५६९ नम्बरको र को.११ प.८४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बुकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । नगरपालिकाले बैङ्कसँग समन्वय गरी दोस्रो किस्ता बापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनुभएका छन् ।
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट उहाँको सांसद पद बदर हुने ठहर गरेको छ ।
प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको औचित्य पुष्टि हुनेगरी काम गर्ने बताउनुभएको छ । उहाँले प्रदेशको औचित्यको बिषयमा आवाज उठिरहेको जनाउँदै जनताले अनुभूत हुनेगरी काम गरेर औचित्य पुष्टि गर्ने बताउनुभएको हो ।
उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकाले त्यसलाई रोक्न सुझाव दिनुभएको छ ।
कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । किसानका साथीको रुपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो । माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
काठमाडौं, माघ १३ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा उक्त विवादबारे पेसी तोकिएको थियो । शुक्रबार संवैधानिक इजलासमा गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरुले बहस गर्नुभएको छ । त्यसपछि रिट निवेदकले जवाफी बहस गर्नुभएपछि सुनुवाइ सकिएको हो । गृहमन्त्रीको मुद्दामा सुनुवाइ सकिएपछि फैसलाको प्रतीक्षामा सञ्चारकर्मीको बाक्लाे भीड लागेको छ । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।
बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका –१७ को मोतीपुर र वडा –१३ को बेलबासमा सोह्र–सोह्र शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।