• ११ मंसिर २०८१, मङ्गलबार

इराकमा १४ जनालाई मृत्युदण्ड

blog

बगदाद, माघ १३ गते । इराकी अदालतले यहाँका १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो ।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।

यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।  इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो । रासस/सिन्हवा