काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सासस्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ आर्थिक सहयोग गर्ने भएको छ ।
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ ।
ओ शकुन्तला ! तिम्रो बोल्ने रूपमा सुन्दरता कोरिन्छ जब चरित्र झल्किन्छ बुट्टा बनेर तिम्रो चित्रमा
के भनौँ तिमीलाई कल्पना वा यथार्थ ? कल्पना भनौँ त यथार्थमा छौ यथार्थ भनौँ त कल्पनामै छौ त्यसोभए मेरो यथार्थ नै काल्पनिक हो त ?
सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ ।
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने चलचित्रको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा दयाहाङ, प्रकृतिको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिनुभएको छ।
कथाकार भवानीप्रसाद गुप्ता (भवानी भिक्षु)को कथामा आधारित नाटक ‘माउजङ बाबुसाहेबको कोट’को मञ्चन सुरु भएको छ। रातोपुलस्थित शैली थिएटरमा नाटक मञ्चन भइरहेको छ। नाटक एक बिर्तावाल घरानियाँ राणा अर्थात् माउजङ बाबुसाहेबको मनोविज्ञानमा आधारित कथा हो। कथाको मुख्य पात्र बाबुसाहेबलाई कोही विशिष्ट राणाले एउटा ओभरकोट बक्सिस दिएको हुन्छ। उनी र उनको सो कोट एक–अर्काका पर्याय हुन्छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाल अधिकार प्रवद्र्धनमा इमानदार प्रयत्न गर्ने बताउनुभएको छ। मुख्यमन्त्री रावलले भन्नुभयो, “बालबालिकाका अवस्थाको तथ्याङ्क लिन्छौँ र कार्यान्वयनका लागि गैरसरकारी क्षेत्रको ज्ञान, सीप, प्रविधिसमेतको सहयोग लिन्छौँ।”
कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका २६ वर्षीय श्रीराम कठरियाको पाँच जनाको परिवार च्याउ खेतीमा संलग्न छन्। सात वर्षअघि च्याउ खेतीमा लागेका श्रीरामले च्याउबाटै ३२ लाखको सम्पत्ति जोड्नुभएको छ। च्याउ खेती सिक्दैमा उहाँको दुई वर्ष बित्यो। दुई वर्ष कोरोनाका कारण च्याउको बीउ नै पाउनुभएन। पछिल्ला दुई वर्षको कमाइ हो यो।
दुई दिन लगातार परेको बाक्लो हिमपातका कारण उत्तरी हुम्लाका छ दर्जनभन्दा बढी विकासे योजनाका काम ठप्प भएका छन्। निर्माण कार्य भइरहेको स्थानमा हिउँ जमेका कारण काम गर्न नसकिने भएपछि योजनाको काम ठप्प भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अत्यधिक हिमपातले गर्दा गाउँपालिकाद्वारा सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी योजनाको काम ठप्प भएको जानकारी दिनुभयो।
तामझामसहित महत्त्वपूर्ण उपलब्धिका रूपमा बालमैत्री वडा घोषणा भएकै स्थानमा बालविवाह बढ्दै गएको छ। बालमैत्री घोषणा भएपछि कुशे गाउँपालिका–१ मा छवटा बालविवाह भएका छन्। नेपाल सरकारले ५१ वटा सूचक पूरा गरेका वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने कार्यविधि तयार पारेको छ। सोहीअनुसार कुशे गाउँपालिका–१ लाई गत वर्ष चैत १२ गते बालमैत्री वडा घोषणा गरिएको थियो।
लुम्बिनी प्रदेशमा मन्त्रीको सङ्ख्या १० भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । अरू प्रदेशमा मन्त्रालयको सङ्ख्यामा कटौती गरी मन्त्रिपरिषद् विस्तार हुँदै गर्दा लुम्बिनीमा भने मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । सत्ता साझेदार दलभित्र मन्त्रीका आकाङ्क्षी धेरै भएकाले मन्त्रालय भागबन्डा मिलाउन मुख्यमन्त्रीलाई कठिन भएको बताइन्छ ।