चितवन मेडिकल कलेजले सरकारी अस्पतालले लिने शुल्कमा उपचार गर्नेगरी सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ। मेडिकल कलेजले आफ्नो भगिनी संस्थाका रूपमा क्यान्सर अस्पताल सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ यमुनाडाँडा र वडा नम्बर ४ कालिका जोड्ने गरी स्थानीय सियाँलेखोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ। ५६ लाख ७८ हजार १३७ रुपियाँ लागतमा निर्माण हुने पुलको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गर्नुभएको हो। स्टिल ब्रिज पार्टस्का लागि १५ लाख ४७ हजार ४८५ रुपियाँ ठेक्का सम्झौता भइसकेको र अन्य निर्माण उपभोक्ता समितिमार्फत हुने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो। सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत स्टिल ब्रिज निर्माण हुन लागेको हो।
भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुहुन्छ। कुखुरापालन व्यवसाय गर्दै आउनुभएकी उहाँ जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नुपरेको बताउनुहुन्छ।
प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो ।
काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन्। मकवानपुर जिल्लाको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङ बजारनजिकै प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपियाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ। थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तीपाइले निर्माणलगायतका काम सम्पन्न भएको छ।
मुलुककै दोस्रो ठुुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा यसबर्ष बिगतमा भन्दा आधा मात्रै राजश्व सकंलन भएको छ । तथ्यांकले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा झण्डै आधाले राजश्व संकलनमा गिरावट आएको हो ।
भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । २०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो ।
काठमाडौँ महानगरपालिका जनस्वास्थ्य विभागद्वारा सञ्चालित टेकुस्थित अकुपन्चर सेवा केन्द्रका सामग्री अलपत्र छन् । महानगरपालिकाद्वारा सञ्चालित अकुपन्चर केन्द्र रहेको जीर्ण टहरो भत्काइएको छ । अर्काे ठाउँको व्यवस्थापन गरिँदा अकुपन्चर सेवासँग सम्बन्धित सामग्री विगत एक वर्षदेखि महानगरपालिकाको नक्सा विभागको पाँचौँ तलामा अलपत्र पारिएका छन् । नसा च्यापिएको, पक्षाघात, मुख बाङ्गिने, टाउको दुख्ने, पिनास, अनिद्रा, नसा, हाडजोर्नी, बाथ, ढाड दुख्नेलगायतका समस्या भएका बिरामीले करिब २२ वर्षदेखि सेवा दिइरहेको सो केन्द्रले उपचार सेवा खुम्च्याइसकेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समारोहमा उपस्थिति हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघको अन्तिम साता २८औँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तक्र्रिया गर्ने उद्देश्यले माघ २४ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
राम्रो बजार मूल्य पाउने आसमा किवी खेतीमा हौसिएका दोलखाका किसान उत्पादनले उचित बजार नपाउँदा निराश बनेका छन् । किवी उत्पादन राम्रो भए पनि बजार नपाएको उनीहरूको गुनासो छ । स्विस सरकारको परियोजना चल्दा बसेका स्विस नागरिकले २०४४ सालमा चरीकोट सिमपानीका श्याम खड्काको घरमा किवी रोपेका थिए तर आफूले त्यसको २० वर्षपछि मात्रै उक्त फल किवी भएको थाहा पाएको खड्काले बताउनुभयो ।
दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्।