गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री तथा सचिवहरूलाई प्रभावकारी रूपमा काम गर्न सुझाव तथा निर्देशन दिनुभएको छ । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नभई काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको हो । पुँजीगत खर्च बढाउन, चालू खर्च घटाउन, अनावश्यक चालू खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नसमेत उहाँले निर्देशन दिनुभयो ।
मानिसमा पलाउने अति लोभका कारण अरूका घर, जग्गालगायतका सम्पत्ति विभिन्न प्रपञ्चबाट हडप्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । विशेषगरी मुलुकका तराई क्षेत्रमा मिटरब्याजी व्यवसायीको आतङ्क बढ्दै गएको छ । मिटरब्याजीको देशव्यापी रूपमा विरोध तथा आलोचना बढ्दै गएपछि उनीहरूले भिन्न प्रकृतिको शैली अपनाउन सुरु गरेको घटना पनि सार्वजनिक हुँदै गएका छन् । राज्य र कानुनलाई छल्दै चाँडो तीव्र धनी हुने यो प्रवृत्तिमा चाँडै सुधार ल्याउन सकिएन भने धेरै मानिस जोखिममा पुग्ने छन् । मिटरब्याजीले तमसुक बनाएर ऋणीको घर, जग्गा हडप्ने प्रवृत्ति रहँदै आएको धेरै पुरानो चलन हो । यसको विरोधसमेत व्यापक भयो र कानुनी कार
जिउँदो प्राणीलाई कुनै प्रकारको हानिनोक्सानी पु-याउन नहुने, अनुमतिबिना कसैको कुनै वस्तु लिन नहुने, व्यभिचार गर्न नहुने, मिथ्यासञ्चार गर्न नहुने र नशालु वस्तुको सेवन गर्न नहुने जस्ता शिक्षा बुद्धले आफ्नो समयमा गाउँगाउँ÷बस्तीबस्ती पुगेर दिन्थे । हेर्दा साधारण लाग्ने तर दूरगामी महìवको त्यो शिक्षाको सान्दर्भिकता राजनीतिक फाँटमा त झनै बढेको छ । आज विश्वका लोकतान्त्रिक मुलुकका संविधान र कानुनमा मात्र होइन संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र तत्पश्चात्का मानव अधिकारसम्बन्धी महासन्धिमा समेत २५०० वर्षअघि नै बुद्धले दिएका नैसर्गिक नैतिक शिक्षा अकाट्य रूपले प
पन्ध्रौँ योजनाको अन्तिमसम्म निर्यात रु. एक खर्ब ८४ अर्ब र आयात रु. १५ खर्ब ६७ अर्ब पु-याउने लक्ष्य रहेको थियो । वैदेशिक व्यापार व्यवस्थापनका लागि वाणिज्य नीति २०७३ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ रहेका छन् । नेपाल विश्व व्यापार सङ्गठनको सदस्यता, सार्कको साफ्टा, बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा संलग्नता भए पनि चाहिए जति निर्यात बजार पहुँच हुन सकेको छैन । कतिपय देशसँग द्विपक्षीय व्यापार सम्झौता भए पनि निर्यात प्रवद्र्धनमा अपेक्षित उपलब्धि प्राप्त गर्न सकिएको छैन ।
जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया हो तर नेपालजस्तै भूगोल भएको विपन्न राष्ट्रका लागि सुन्दर भविष्यको सन्निकट विपत्तिको मुद्दा बनेको छ । नेपालको जलवायु परिवर्तन विश्व औसतभन्दा बढी हुनु, सबै प्रकारका जलवायु पाइनु, भिराला र कोमल पहाड हुनु, प्रकृतिमा निर्भर जीविका, कमजोर आर्थिक तथा मानवीय स्रोतजस्ता कारणले गर्दा नेपाल जलवायु परिवर्तनका असरप्रति अति नै जोखिमयुक्त छ । हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका (०.०२५%) रहे पनि जलवायुजन्य जोखिमका हिसाबले नेपाल चौथो स्थानमा पर्छ । यसरी हेर्दा जलवायु परिवर्तनको ज्वरो नेपालका लागि नखाएको विष साबित भएको छ ।
ज्येष्ठ नागरिक ऊ आफैँ परिभाषित हुन्छ । उसको अनुहारले नै परिचय गराएको हुन्छ । जो व्यक्ति देख्दैमा शारीरिक रूपले कमजोर, उमेरले पाको, कपाल झरेको वा सेतै फुलेको, आँखा भित्र पसेका, गाला चाउरिँदै गएका, दाँत झरेका, मांसपेसी सुकेका, रगत सकिँदै गएको, गाला र गलाबाट छाला तुर्लुङ बाहिर झरेको, अनुहार फुङ्ग भएको, शरीरका सबै अङ्ग प्रत्यङ्ग कमजोर भएकाजस्ता लक्षण देखिन्छ, यसबाट ज्येष्ठ नागरिक भनेर सहजै अनुमान गर्न सकिन्छ ।
बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको १५८ किमि सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न स्याङ्जा जिल्लाका सर्वसाधारणले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाले स्याङ्जाका सडकले प्रत्यक्ष प्रभावित पाँच पालिकाका पाँच ठाउँमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइमा स्थानीयले स्तरोन्नतिका लागि सुझाव दिएका हुन् । महाशाखाले गल्याङ, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिकाका नागरिकसँग सुनुवाइ गरेको हो
जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको स्थायी राजधानीलाई सफासुग्घर राख्ने चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छन्। प्रदेश राजधानीमा प्रायः सचेत वर्ग, पढेलेखेका र साक्षर नै बस्ने गरेको विश्वास गरिन्छ। तर त्यो चेतनामूलक सन्देश पढेर पनि नपढेजस्तै गर्ने, व्यवहारमा नउतार्नेको सङ्ख्या अत्यधिक रहेको आभास हुन थालेको छ।
सर्लाहीको चारवटा पालिकाका चुरे भेगमा बसोबास गर्नेलाई वडा कार्यालयसम्म सेवा लिन आउँदा दिन बित्ने गरेको छ। चुरेका विकट बस्तीबाट फेदीमा रहेका वडा कार्यालयसम्म पुगेर फर्कंदा त्यस दिनको अरू काम छाड्नुपर्ने अवस्था रहेको स्थानीयले गुनासो गरेका छन्।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलका मुख्य बजार क्षेत्रकै व्यवसायी विस्थापित हुँदै गएकामा चिन्ता व्यक्त गरेको छ । सङ्घले मुख्य बजार क्षेत्रकै आउटलेट (पसल) व्यवसायीको विस्थापनका कारण खालि भएको भन्दै सरकारको समेत ध्यानाकर्षण गरेको छ ।
नेपाल पर्यटन बोर्डले कोभिड–१९ पछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न भारतका विभिन्न सहरमा सेल्स मिसन सुरु गरेको छ । बोर्डले नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर अपरेटर्स (नाट्टा)सँगको सहकार्यमा मङ्गलबार भारतको वनारसमा, बुधबार गोखपुरमा र बिहीबार लखनउमा कार्यक्रम आयोजना गरिएको हो ।
पदयात्रा तथा पर्वतारोहणमा जाँदा विपत्ति पर्ने र बेपत्ता हुनेहरूको उद्धारका लागि माउन्टेन गाइडलाई रिक्को प्रविधिको तालिम प्रदान गरिएको छ । मनासलु हिमाल आसपास, काठमाडौँ र नुवाकोटको ककनी क्षेत्रमा २५ जना नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक (माउन्टेन गाइड)हरूलाई पाँच दिने सर्च एन्ड रेस्क्यू तालिम दिइएको छ ।
उदयपुरको सदरमुकाम जोड्ने गाईघाट–फत्तेपुर धुले सडकको मोतीगढा–जोगीदह–रुपनी खण्डमा दुई लेन बनाएर कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ।
चितवन मेडिकल कलेजले सरकारी अस्पतालले लिने शुल्कमा उपचार गर्नेगरी सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ। मेडिकल कलेजले आफ्नो भगिनी संस्थाका रूपमा क्यान्सर अस्पताल सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ यमुनाडाँडा र वडा नम्बर ४ कालिका जोड्ने गरी स्थानीय सियाँलेखोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ। ५६ लाख ७८ हजार १३७ रुपियाँ लागतमा निर्माण हुने पुलको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गर्नुभएको हो। स्टिल ब्रिज पार्टस्का लागि १५ लाख ४७ हजार ४८५ रुपियाँ ठेक्का सम्झौता भइसकेको र अन्य निर्माण उपभोक्ता समितिमार्फत हुने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो। सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत स्टिल ब्रिज निर्माण हुन लागेको हो।