संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी थारुले कानुनको छिद्र देखाएर सेवाग्राहीलाई दुःख दिने छुट कसैलाई नरहेको बताउनुभएको छ । महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस आज काली गण्डकी नदीमा खसेको छ । गाडीमा सवार १८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको छैटौँ प्रदेश स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ ।
उमेर नपुगी विवाह गर्ने एक जोडीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिने तयारी गरिरहनुभएकी छात्राले विवाह गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।
लघुवित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्क बापत अतिरिक्त रूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।
म्याग्दीमा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुर मरेका छन् । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ वडाको अग्निखेत क्षेत्र एवम् ग्रामीण भेगमा मात्रै चार सय ८१ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
काठमाडौंको बालाजुस्थित माछापोखरीमा सोमबार भएको तोडफोडमा संलग्न रहेका छ जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।
यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोङ्गबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।
सर्वोच्च अदालतले आज (बुधबार) संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उक्त रिट 'हेर्न नभ्याइने' सूचीमा राखेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ ।
प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को तयारी पुरा भएको छ। फागुन ७ गतेदेखि हुने गोल्डकपको तयारी पुरा भएको हो। गोल्ड कप मूल आयोजक समितिले खेल तालिका सार्वजनिकसहित तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।