सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि लालबकैया नदीमा पुल निर्माणकार्य अलपत्र रहेकोले अविलम्ब पुल निर्माणको माग गर्दै स्थानीय पत्रकार संजय सहनीले तेस्रो दिनपनि अनसन जारी राख्नुभएको छ ।
प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन हुँदै गएको छ। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको हो। डोटी खोलामा रहेको घटालथानमा अहिले घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्रबाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिँढीको बाटो, तलाउ निर्माणका लागि
एउटा मानिस स्वस्थ रूपमा बाँच्न प्रतिवर्ष १९० किलो खाद्यान्न चाहिन्छ। त्यो आधारमा भने डडेल्धुरावासीलाई २८१ मेट्रिकटन खाद्यान्न न्यून रहेको छ। चालू आर्थिक वर्ष २०७९/८० को कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार डडेल्धुरामा खाद्यान्न न्यून रहेको छ। डडेल्धुराले त्यो अपुग खाद्यान्न कैलाली तथा कञ्चनपुरजस्ता तराईका जिल्लाबाट पूर्ति गरिरहनु परेको छ।
कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको सुदूरपश्चिमवासीले स्वागत गरेका छन्। प्रारूपको टुङ्गो लागेपछि चाँडै सञ्चालनमा आउने भन्दै उनीहरूले सरकारको निर्णयको स्वागत गरेका हुन्। आइतबार सरकारले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
गुणस्तरीय शिक्षा सिकाइको उद्देश्यसहित आयोजित दुईदिने विद्यालय व्यवस्थापन समितिको प्रथम कर्णाली प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षा सिकाइ प्रदान गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो।
हुम्ला जिल्लाका कुनै पनि गाउँपालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन्। जग्गा वर्गीकरणका लागि भूमि व्यवस्था तथा अभिलेख विभागले दिएको निर्देशनलाई गाउँपालिकाले पूर्ण बेवास्ता गरिरहेका छन्। भूवर्गीकरण नहुँदा सेवाग्राही समस्या परेका छन् भने राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बृहद् रक्तदान गरिएको छ ।
विकासका दृष्टिकोणबाट सुदूरपश्चिम प्रदेशलाई तुलनात्मक रूपमा पिछडिएको मानिन्छ । प्राकृतिक स्रोत, साधन प्रचुर हुँदाहुँदै पनि उपयोग हुन सकेको छैन । खासमा भौतिक पूर्वाधार, भौगोलिक संरचना अनुकूल हुँदाहुँदै पनि सुदूरपश्चिमले तुलनात्मक रूपमा विकासमा फड्को मार्न नसकिरहेको तीतो यथार्थ हो । देशका सबै प्रदेश तथा क्षेत्रलाई विकासको मूल आधारमा अग्रसर बनाएर सन्तुलित विकासमा जोड दिनु सङ्घीय सरकारको मुख्य कर्तव्य हुन आउँछ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणजस्ता गतिविधिले कुनै पनि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेमा कुनै शङ्का छैन । यस तथ्यलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा मेडिकल कलेज र कञ्चनपुरको दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणले यस क्षेत्रको विकास प्रयासमा निकै
सङ्घीयता नेपाली जनताको आकाङ्क्षा हो, जुन दोस्रो जनआन्दोलनको प्रमुख मुद्दामध्ये एक थियो । सङ्घीयता नेपालका लागि अनुभव नभएको व्यवस्था भएकोले सुरुका दिनदेखि नै असल राजनीतिक संस्कार, व्यावसायिक प्रशासनिक संयन्त्र र दहिलो जनसमर्थनले आधार दिनुपथ्र्यो । तर निर्वाचित पदाधिकारीले दोस्रो कार्यकाल सुरु गरिसक्दा पनि प्रशासनिक प्रणाली भने निर्माण भइसकेको छैन । जसका कारण सुरुदेखि नै जनतामा वितृष्णा भाव फैलिन थालेको छ भने यो स्थिति लामो समय रहे सङ्घीयता विरोधी शक्तिले यसप्रति आलोचना गर्ने आधार पाउने छन् ।
हु न त अहिले घरमै बसीबसी एकैछिनको ‘सर्च’ र ‘क्लिक’बाट ब्रह्माण्डकै जानकारी पाउन सकिने प्रविधिको विकास भएको छ । तैपनि औपचारिक रूपमा सञ्चालन हुने शिक्षण सिकाइ प्रक्रियाको सन्दर्भ उठाउँदा विद्यालय, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधिजस्ता विषय स्वतः आउँछन् । यिनमा पनि यी सबैको सार्थक प्रयोगका साथ उपयुक्त शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइ क्रियाकलापलाई सफल पार्ने जिम्मेवारी बोकेको शिक्षकको अनुहार उपस्थित हुन्छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
बारेकोट गाउँपालिका–२, रोकायगाउँका ललित कामीको परिवार बर्सेनि दशैँ मनाउन मात्र घरमा आइपुग्छन्। परिवारका पाँच सदस्यको अधिकांश समय भारतको कालापहाडमै मजदुरीमा बित्छ। गाउँका छिमेकी रामबहादुर कामीको परिवार पनि भारतकै रोजगारीको भरमा छ। गरिबी र बेरोजगारीका कारण दुर्गमका स्थानीय मजदुरीका लागि भारतका विभिन्न सहर बर्सेनि जानुको विकल्प छैन।
पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको ज्यान गएको हो ।