• १३ साउन २०८१, आइतबार

‘कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दु:ख दिन पाइँदैन’

blog

महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री मोदी । तस्बिर : मन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ३ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी थारुले कानुनको छिद्र देखाएर सेवाग्राहीलाई दुःख दिने छुट कसैलाई नरहेको बताउनुभएको छ । महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले कार्यसम्पादनका क्रममा आफूहरुले भोगिरहेको कानुनी जटिलतालगायतका विषयमा धारणा राख्नुभएको थिाये । त्यससँगै आ–आफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धी र अनुभव पनि उहाँहरुले आदानप्रदान गर्नुभयो । 

छलफलमा मन्त्री मोदीले सेवाग्राहीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको गुनासो बढिरहेको बताउनुहुँदै मन्त्री मोदीले जनतालाई कसरी सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन निर्देशन दिनुभयो ।

“कानुनका छिद्र देखाएर सेवाग्राहीहरुलाई राष्ट्रसेवक कर्मचारीहरुले अनावश्यक दुख दिनेगरेको गुनासो छ, त्यसो गर्ने छुट कसैलाई छैन” उहाँले भन्नुभयो, “कानुनका छिद्र देखाएर जनतालाई दुख दिने नियत नराख्नु होला, कानुनसम्मत कामहरु प्रभावकारी ढंगले सम्पादन गर्नुहोला ।”

छलफलमा मन्त्रालयका सचिव कृष्णहरी पुस्करले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्रालय सम्हालेपछि मन्त्री मोदीले प्रधानमन्त्रीको निर्देशनअनुसार प्रशासन सुधारसँग सम्बन्धित रहेर विभिन्न छलफल र निर्णयहरु गर्दै आउनुभएको छ ।