मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ ।
आमनिर्वाचन २०७९ पछिको अढाई तीन महिनाको नेपाली राजनीतिक परिदृश्य सर्वाधिक रोमाञ्चक घटना बन्न पुगे । निर्वाचनलगत्तै एक खालको सरकार बन्ने सामान्य अनुमान विपरीत अर्को सरकार बन्यो । तर त्यो सरकार बनाउने आधार यति छिटै टुटे कि त्यो पाँच वर्षसम्म जाने पर्याप्त सम्भावना थिए । सरकार बन्दै गर्दा बनेको आठ दलको गठबन्धन ठीक त्यही रूपमा नभए पनि राष्ट्रपति निर्वाचनका लागि अर्को आठ दलमा रूपान्तरित हुन पुग्यो र अरू दुई दलसहितको दस दलीय गठबन्धन बन्न पुग्यो । उपराष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा यो फेरि अर्को रूपमा प्रस्तुत हुन सक्ने
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा तीन दिनअघि एउटा बैङ्क टाट पल्टियो । सिलिकन भ्याली बैङ्क अब्बलै बैङ्क थियो । खासगरी प्रविधि क्षेत्रको मुटु नै थियो भने नवप्रवर्तकको ठूलो विश्वास थियो बैङ्कप्रति । बाहिरबाट हेर्दा गएको बुधबारसम्म बैङ्क ठीकठाक नै । ऋणदाताले ऋणको माग बढिरहेका थिए भने निक्षेपकर्ता विश्वासमै थिए तर एकाएक बैङ्कले तरलता धान्न सकेन । बुधबार मात्र बैङ्कले एउटा निर्णय ग¥यो । बैङ्कको वासलात सुधार्न सबा दुई अर्ब डलर उठाउने निर्णय ग¥यो र त्यो निर्णय बाहिरियो । निक्षेपकर्ता सो तत्कालैको निर्णयपछि निक्षेप फिर्ता लिन लाम बस्न थाले । मागबमोजिमको निक्षेप फिर्ता दिन नसकेपछि ४८ घण्टामै बैङ्क टाट पल्टियो ।
हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा रहेको अवरोध हटाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम लचकता अपनाउने बताएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन यो आयोजनामा करिब छ वर्षदेखि रहँदै आएको अवरोध हटाउन प्राधिकरणको उच्च नेतृत्वले प्रभावित क्षेत्रका जनप्रधिनिधि तथा सरोकारवालासँग छलफल गरी उचित अधिकतम क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको हो ।
देशको आर्थिक अवस्था उठाउन कृषि र किसानको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताले बताउनुभएको छ ।
अर्थतन्त्र सुधार गर्न नयाँ सरकारलाई अवसरसँगै चुनौती रहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उहाँहरूले मुलुकमा देखा परेको आर्थिक सङ्कट सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक अवस्था सही ठाउँमा ल्याउन तत्कालीन र दीर्घकालीन उपाय पहिल्याएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्रीले प्राथमिकताका साथ सोच्नुपर्ने चर्चा गर्दै उहाँले २४–२५ वर्षपछि सार्वजनिक वित्तको अवस्था कमजोर हुँदा यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
कम्पनी रजिस्ट्रारको कार्यालयले प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्ने प्रयोजनका लागि अलग्गै डेस्क सञ्चालनमा ल्याएको छ । यस डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी कम्पनी दर्ताको चरणमा प्रवेश गरेका कम्पनीको काममा एकरूपता तथा छिटोछरितो काम हुने जनाइएको छ ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका किसानको मुख्य नगदे बालीका रूपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन्। व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान अदुवाको मूल्य नपाएपछि परम्परागत तरिकाबाट सुठो बनाइरहेका छन्। गाउँमा अदुवा बिक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिएको छ। काँचो अदुवा बिक्री नभएपछि नवलपुरका किसानले सुठो बनाउन थालेका हुन्। अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा बिक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन थालेको बौदीकालीका किसान तिलबहादुर राना बताउनुहुन्छ। सुठो बनाउँदा एक/डेढ वर्षसम्म पनि नबिग्रिने भएकाले किसान त्यसतर्फ लागेका हुन्।
सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो ।
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ। निर्वाचन समितिले एक विज्ञप्ति निकाल्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरूमाथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप भएपछि राजीनामा दिइएको जनाएको छ। समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी सङ्गठनको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्नसमेत असहज भएको उल्लेख गरिएको छ।
प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ। मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना, विभिन्न प्रकारका देवीदेवताका मूर्ति तथा मन्दिरहरू, मन्दिर आसपासको करिब एक सय मिटरभित्र राखिएका सयौँ घण्टाले मन्दिरमा आकर्षण थपेको छ। कालिका मन्दिरमा परेवाको बलि निषेध गरेपछि सयौँको
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार बुटवलको शिद्धेश्वरी चौरमा सुरु भएको छ ।
सुक्खायाम नलाग्दै सिन्धुपाल्चोकका दलित बस्तीमा खानेपानीको हाहाकार भएको छ। वर्षौंदेखि खानेपानीको हाहाकार भएपछि दलित समुदायमा स्वास्थ्य समस्यासमेत देखा पर्ने गरेको छ। सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका मिजारटोल, नेपाली टोल, विक टोलमा वर्षौंदेखि खानेपानी र अन्य उपभोगका लागि पानीको चरम अभाव छ। उक्त स्थानमा सयभन्दा बढी घरधुरी दलित समुदायको बसोबास रहेको छ। बलेफी गाउँपालिका–५, विन्ज्यालका डेढ सय घरधुरीका दलित समुदायले वर्षौंदेखि खानेपानी उपभोग गर्न पाएका छैनन्। एक गाग्रो पानी ल्याउन पनि डेढ घण्टाभन्दा बढी समय लगाएर ल्याउनुपर्ने समस्या भोग्दै आएको उक्त स्थानकी विष्णुमाया नेपालीले पीडा सुनाउनुभयो।
आफूले दायर गरेको मुद्दामा विशेष अदालतबाट भएकोे फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले दाबी गरेको प्रतिवादी ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काको मुद्दामा विशेष अदालतले गत कात्तिक २ गते फैसला गर्दै सफाइ दिएको थियो । तीनै जनालाई घुस लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको थियो ।
विश्व चर्चित ओस्कार अवार्डमा रेड कार्पेट नहुने भएको छ । नेपाली समयानुसार मङ्गलबार ओस्कार अवार्डको समारोह रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेटमा हुनेछ । विश्व फिल्म र सङ्गीतका चर्चित सेलिब्रिटी विभिन्न स्टाइल र फेसन सेन्ससहित कार्पेटमा प्रस्तुत हुनेछन् ।