पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो ।
रास्वपाले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
आजबाट सुरु भएको एसइईको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
तनहुँको भानु नगरपालिका- २ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाम कारागारबाट एक कैदी फरार भएका छन् ।
फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।
सानेको जन्मदिन थियो । ऊ हजुर आमाको पर्खाइमा बसेको थियो । “मैले त ठ्याक्कै ५ः०० बजे आउनुहोला भनेर भनेको थिएँ । बिर्सिनुभयो कि ।” उसले मनमनै प्रश्न ग¥यो । केही बेर पर्खंदा पनि हजुरआमा आउने कुनै सङ्केत सानेले देखेन । साने आत्तियो । हजुरआमा बाटैमा हराउनुभयो कि भनेर साने हजुरआमालाई खोज्न गयोे । “ए बाबु, एकैछिन धैर्य गर, आइहाल्नु हुन्छ ।” आमाले पछाडिबाट भन्दा पनि उसले नसुनेको जस्तो ग¥यो । ईश्वरी फुपूले त थाहा भएन भन्नुभयो । प्रकाश दाइले भर्खर सुनीलको घरमा हजुरआमा गएको दाबी ग¥यो । सुनीलले “हजुरआमालाई भेट्न त भेटेको थिए तर उहाँ बुवासँग छोटो कुराकानी गरेर गइहाल्नुभयो” भन्यो ।
भाइबहिनीहरू, नेपालमा धेरै वर्ष पहिले हरिदेव नाम भएका राजा थिए । उनका केशचन्द्र नाम भएका छोरा थिए । उनी कसैले भनेको केही नमान्ने जिद्दी स्वभावका बालक रहेछन् । उनी बराबर जुवा खेलिरहन्थे । जुवा खेल्ने ठाउँ थँबहिल (हाल ठमेल) थियो । एकदिन जुवा खेल्न जाँदा हारेछन् । रात पनि धेरै बितिसकेका कारण ठमेलमा बस्ने आफ्नो दिदीको घरमै गएर बसेछन् । जुवा खेल्ने लतले गर्दा केशचन्द्रले दिदीको घरबाट आफूले खाएको थाल नै चोरेर जुवा खेल्न हिँडे, त्यो पनि हारे । बेलुका घरमा आउँदा भाइले थाल चोरेर लगेको थाहा पाइन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधवार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो ।
कुनै समय शिर फुले भाकाले गाउँघर गुन्जायमान हुन्थे। मेलापात,गोठ ओडार र चौतारीमा भेला भएर शिर फुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो । तर आजकल नयाँ लोक संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीतहरू लोप हुँदै जान थालेका छन् ।
फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।