रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।
सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ ।
चोरीका खसी बोका किनबेच गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताउनुभएको छ ।
इलाका प्रहरी कार्यालय काईगाउँमा कार्यरत एक प्रहरी हवलदार भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ । दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवलदार जोसीराम रेग्मी काईगाउँस्थित नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
जिल्ला अस्पताल कालीकोटमा सुत्केरी गराउन नसकेपछि एक जना गर्भवतीलाई जुम्ला रेफर गरिएको छ । नरहरीनाथ गाउँपालिका –१, कोटवाडा निवासी २० वर्षीया सरिता विष्टलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन शुक्रबारको परीक्षा ताप्लेजुङमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् ।
अजय देवगनको बहुप्रतिक्षित फिल्म 'मैदान'को टिजर सार्वजनिक भएको छ ।
पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सो धारणा राख्नुभएको हो ।
शुक्रबार सिंहदरबारभित्र चार स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्नुहुँदै मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्नुहुँदै पानीको मूल्य पाँच महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभएको हो ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो ।
रास्वपाले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।