आजबाट सुरु भएको एसइईको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
तनहुँको भानु नगरपालिका- २ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाम कारागारबाट एक कैदी फरार भएका छन् ।
फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।
सानेको जन्मदिन थियो । ऊ हजुर आमाको पर्खाइमा बसेको थियो । “मैले त ठ्याक्कै ५ः०० बजे आउनुहोला भनेर भनेको थिएँ । बिर्सिनुभयो कि ।” उसले मनमनै प्रश्न ग¥यो । केही बेर पर्खंदा पनि हजुरआमा आउने कुनै सङ्केत सानेले देखेन । साने आत्तियो । हजुरआमा बाटैमा हराउनुभयो कि भनेर साने हजुरआमालाई खोज्न गयोे । “ए बाबु, एकैछिन धैर्य गर, आइहाल्नु हुन्छ ।” आमाले पछाडिबाट भन्दा पनि उसले नसुनेको जस्तो ग¥यो । ईश्वरी फुपूले त थाहा भएन भन्नुभयो । प्रकाश दाइले भर्खर सुनीलको घरमा हजुरआमा गएको दाबी ग¥यो । सुनीलले “हजुरआमालाई भेट्न त भेटेको थिए तर उहाँ बुवासँग छोटो कुराकानी गरेर गइहाल्नुभयो” भन्यो ।
भाइबहिनीहरू, नेपालमा धेरै वर्ष पहिले हरिदेव नाम भएका राजा थिए । उनका केशचन्द्र नाम भएका छोरा थिए । उनी कसैले भनेको केही नमान्ने जिद्दी स्वभावका बालक रहेछन् । उनी बराबर जुवा खेलिरहन्थे । जुवा खेल्ने ठाउँ थँबहिल (हाल ठमेल) थियो । एकदिन जुवा खेल्न जाँदा हारेछन् । रात पनि धेरै बितिसकेका कारण ठमेलमा बस्ने आफ्नो दिदीको घरमै गएर बसेछन् । जुवा खेल्ने लतले गर्दा केशचन्द्रले दिदीको घरबाट आफूले खाएको थाल नै चोरेर जुवा खेल्न हिँडे, त्यो पनि हारे । बेलुका घरमा आउँदा भाइले थाल चोरेर लगेको थाहा पाइन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधवार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो ।
कुनै समय शिर फुले भाकाले गाउँघर गुन्जायमान हुन्थे। मेलापात,गोठ ओडार र चौतारीमा भेला भएर शिर फुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो । तर आजकल नयाँ लोक संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीतहरू लोप हुँदै जान थालेका छन् ।
फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।
लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ सार्वजनिक गरिएको छ। सापकोटाको यो दोस्रो उपन्यास हो। सम्पूर्ण किताब नारायणगढमा बुधबार गरिएको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिले एकै पटक पुस्तक सार्वजनिक गर्नुभएको हो। कवि एवं समीक्षक ईश्वर कँडेलले उपन्यासमा शारीरिक रूपमा अशक्त महिला र मानसिक रूपमा अस्वस्थ पुरुष पात्रलाई कथावस्तुमा उतारेर आख्यानकारले आख्यानमा प्रयोगधर्मितालाई जोडेको बताउनुभयो। त्यस्तै साहित्यकार गोविन्दराज विनोदीले स्रष्टाको नवीन प्रयोग उपन्यासमा भेटिने बताउनुभयो।
टीकापुर नगरपालिकाका ग्रामीण बजारका पसलमा तौल कम र बिगे्रका ढक, तराजु प्रयोग गरेको पाइएको छ। टीकापुर नगरपालिका–३ कार्यालय र उपभोक्ता हित संरक्षण उपशाखाले संयुक्त रूपमा २९ वटा पसल अनुगमन गर्दा यस्तो भेटिएको हो। छ वर्षदेखि मासु व्यापार गरिरहनुभएका टीकापुर नगरपालिका–३, चटिया बजारका धर्मेन्द्र चौधरीको पसलमा एक किलो भनेर प्रयोग गरेको ढक ९५१ ग्राम मात्रै भेटिएको थियो। ढकमा तौल मिलाउन भरेको सिसा हटाइएको र ढकका कुना टुटाइएको छ।