यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । नेता खनाल आज भक्तपुर पुगेर भाई दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ ।
सबैका घरमा तिहारको समझम भए पनि यहाँ तीन जना तिहारको पर्वाह समेत नगरी बिहानैदेखि रातिसम्म ईटा बनाउनमै तल्लीन हुनुहुन्छ ।
जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावितलाई स्याङ्जाका चार पालिकाले १६ लाख २२ हजार ६९५ रुपियाँ सहयाग गरेका छन् ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।
रानीपोखरीको बीचमा रहेको वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन शुरु भएको छ ।
आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।
निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् ।
हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलामा नेपालले ताञ्जेनियासँग खेल्दैछ। शृङ्खलाको पहिलो खेल भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।
एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल आज हुँदैछ।
सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना गर्नुभएको छ ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।