अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म तेस्रो साता पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम् सांसद विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।
पूर्वी नवलपरासीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वीकृतसम्बन्धी सेवा सुरु भएको छ । आठ स्थानीय तह रहेको नवलपुरमा गैँडाकोट, कावासोती, देवचुली र मध्यविन्दु गरी चार वटा नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका गरी हाल ६ वटा स्थानीय तहबाट नै रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका लागि अनलाइन आवेदन गर्ने काम सुरु गरिएको हो ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारमा बिक्रीका लागि किसान परिचयपत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न थालेको हो ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई दुईदुई लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ।
सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ ।
झण्डै अढाइ करोड मूल्य पर्ने जग्गा महोत्तरीका एक दानवीरले सशस्त्र प्रहरीलाई जग्गा दान गर्नुभएको छ । महोत्तरी भंगहा –४ घर भएका व्यावसायी तथा समाजसेवी दिनेशकुमार महतोले अढाइ करोड मूल्य पर्ने जग्गा सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि दान दिनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ ।
घरमा पालिएका गाईगोरु धमाधम बिरामी पर्न थालेपछि रुकुमपश्चिमका पशुपालक किसान चिन्तित बनेका छन् ।
देशको वर्तमान अवस्थालाई लिएर पाकिस्तानको मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो ।
इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ ।