जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।
कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
पर्यटकीय नगरी तनहुँ स्थित बन्दीपुरमा घुक्न आएका बिदेशी पर्यटकले उल्लासका साथ भाइटीका लगाएर नेपालीको महान चाड तिहार मनाएका छन् ।
पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुनुहुने भएको छ ।
तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनको झेजियाङ प्रान्तको हाङ्झाउमा सुरु भएको छ । सो भेलामा करिब तीन सय प्रतिनिधि र अतिथिहरू उपस्थित छन् ।
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।
मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीकाजस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।
दाङको घोराही उपमहानगरपालिका –५ रज्जे मन्नामेस्थित स्थानीय लाली गुराँस आमा समूहले तिहारको अवसरमा खेलेको देउसी भैलो ।
भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
पछिल्लो समय बाँकेमा बढ्दै गएका इरिक्सा सडक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।