धनकुटाका एक सय ४८ दुग्ध उत्पादक कृषकले प्रदेश सरकारले उपलब्ध गराउने प्रोत्साहन रकम पाएका छन् । धनकुटा नगरपालिका वडा नं. ३ को श्री सहकारीले आफ्नो संस्थामा आबद्ध एक सय ४८ दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन रकम वितरण गरेको हो ।
प्रतिनिधि सभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनित गरिएको छ । आज (सोमबार) को प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो ।
होटल सङ्घ नेपाल (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारण सभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीको रणनीतिक प्रशिक्षण (ट्याक्टिल ट्रेनिङ) सोमबार हुने भएको छ ।
अवैध काठ कटान तथा चिरान मुद्दा लागेका एक जनालाई रुकुम अदालतले कैद र जरिवाना तोकेको छ । जिल्लाको चौरजहारी नगरपालिका-१० का कमल केसीलाई १४ दिन कैद र ५० हजार जरिवानाको फैसला भएको हो ।
नेपालमा २६ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६७ सक्रिय सङ्क्रमितमध्ये २६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरू नै रहेको आरोप लगाउनुभयो।
सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङदेनले अयोग्य लडाकुलाई दुई लाखका दरले राहत दिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ ।
झापाको दमकमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी बस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेर घाइते हुनुभएको छ।