यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।
चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ ।
केही समय यता पश्चिम नेपालमा पटक पटक भूकम्प जाने गरेको र यो क्षेत्र थप भूकम्पको उच्च जोखिममा रहेकाले बाँकेमा सो विरुद्ध सचेतना कार्यक्रम चलाइएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँका राज खान मुस्लिम समुदायको हुनुहुन्छ उहाँहरुले हिन्दु धर्म मान्ने राप्तीसोनारी ५ कि तारा ओलीसँग भाईटीका लगाउनुभएको हो ।
विभिन्न अपराधको अभियोग लागेर तथा दोषी ठहर भएर सजाय पाएर कारागारमा रहेका महिला तथा पुरुष दुबै कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएपछि खुसी हुनु भएको भयो ।
तिहारको लागि अत्यावश्यक पर्ने फूल बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । अघिल्ला वर्षहरूमा आयातित र कृत्रिम फूलले गर्दा समस्यामा परेका यहाँ कृषकलाई यो वर्ष भने फूल धेरै उत्पादन भई नबिक्दा चिन्तामा परेका हुन् ।
जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई सामान्य उपचार गराएर बसेका बिरामीहरुमा पुनः स्वास्थ्य समस्या देखिन थालेको छ ।
जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ ।
दिपावली लगतै सुरु हुने छठ पर्वलाई लक्षित गरी लहानका विसुन्के,ड्ुम र मलाह समुदायलाई वाँसजन्य पूजा सामग्री बनउँदै बेच्दै फुर्सद छैन् । पुर्खाको पेशाबाट राम्रो आम्दानी भइरहेको बताएका छन् ।
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।
बाँकेमा पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् ।
नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर भग्नावशेष अवस्थामा देख्दा भानु जन्मेको गाउँ भानु नगरपालिका –४ चुँदीरम्घा पुग्ने जोकोही नेपालीको मन कुडिन्छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्ना नागरिकलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक परिवारको आधारभूत आवश्यकता परिपूर्तिका लागि उनीहरूलाई नै उत्पादनसँग जोड्नु पर्ने भन्दै पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
ताप्लेजुङमा तिहार (बलिहाङ तङ्नाम) को अवसरमा च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिएको छ । यहाँका लिम्बू समुदायले मौलिक संस्कृति संरक्षणको उद्देश्यसमेत राखेर देउँसी भैलोमा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गरेका हुन् ।
नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके टे«डिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।