नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।पार्टीको ६९ औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्ममेलनको आयोजना गरी जानकारी गराएको हो ।
बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी काम भइरहेको छ । राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ ।
नवलपुरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०८० को अवसरमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् ।
कोहलपुर नगरपालिका २ को शिवशक्ति आधारभूत विद्यालयका बालबालिकाले च्याउखेतीका लागि टनेल निर्माण गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गर्नुभएको छ ।
विद्यालयमा सिकेको ज्ञान प्रविधिमा रूपान्तरण गर्दा रुपन्देहीको सैनामैनाका विद्यार्थीले बधाईमात्र पाएका छैनन्, अझै लगनशील हुन प्रेरणा पनि बटुलेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिति बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।
रमेश लामा स्मृति प्रतिष्ठान बेलबारी मोरङले नेपालको पारामेडिकल क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका उहाँको स्मृतिमा ‘रमेश लामा स्मृति ग्रन्थ’ २०८० प्रकाशन गरेको छ ।
सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ। बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा सुरु भएको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।