बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गर्नु भएको छ ।
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'देववाणी'को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहूर्त गरिएको छ ।
सिंहदरबारमा गणतन्त्र दिवस २०८० मनाउने विषयमा मूल समारोह समितिको बैठक सुरु भएको छ । शुक्रबार दिउँसोबाट समितिको बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
छैटौँ नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ सुरु भएको छ । बैठक आज (शुक्रबार) बाट काठमाडौंको एक होटलमा सुरु भएको हो ।
निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगको मुख्य सडकका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
बुटवलमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बुटवलको नयाँ बसपार्कबाट बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । सङ्घीय सरकारको लगानीमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवनवाट सेवा सुचारु गरेको हो ।
इटालियन क्लब एस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मध्याह्न साढे १२ बजेबाट बैठक सुरु भएको हो ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली आज (शुक्रबार) चीन प्रस्थान गरेको छ ।
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो ।