• २६ वैशाख २०८२, शुक्रबार

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १४ गते । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।पार्टीको ६९ औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । रासस