उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् । आयोजनामार्फत १३ र सडक विभाग अन्तर्गतको पुल महाशाखाले तीन वटा गरी १६ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गर्नुभएको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । सालनाल अड्किएर गम्भीर अवस्थामा पुगेकी रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी अनिशा गुरुङको ज्यान हवाई उद्धार सेवाले बचाएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।
चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।
कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ । टीकापुर-२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो ।
उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरु भएको छ ।
दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मिर्गौला बिरामीलाई डायलासिसको लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। गाउँपालिकाले सुरु गरेको आँबुखैरेनी अस्पतालमा छुट्टै युनिट स्थापना गरी ‘डायलासिस’ सेवा प्रदान गर्ने भएकाले सो अन्त्य हुने भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको अधिकार चाहिएको बताउनुभएको छ ।
झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रूप लिँदै गएको छ । २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो ।
मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ । प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मालगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो ।