सल्यानमा मरेका भेडाबाख्रामा बढी खाएर हुने रोग (ओभर इटिङ रोग) पुष्टि भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा मरेका बाख्रा र भेडाबाट सङ्कलन गरिएको नमुना परीक्षण गर्दा ‘एन्टेरोटोक्सेमिया टाइप डी पोजेटिभ’ देखिएको हो ।
विधेयकका नाममा सहमति नभएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक मसौदाको प्रतिवेदन पारित हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयकमा प्रस्तावित नाम नै राख्नुपर्ने र समितिले नाम परिवर्तन गर्नुपर्ने अडान लिएपछि प्रतिवेदन पारित हुन सकेन ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सोामबार नेपालका लागि जापानका राजदूत मायदा तोरूले भेट गर्नुभएको छ ।
हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ९२ पैसा र बिक्रीदर १४५ रुपियाँ ५२ पैसा तोकिएको छ ।
बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।
जापानी प्रधानमन्त्री साने ताकाइचीको पार्टीलाई दुई तिहाइ बहुमत प्राप्त भएको छ । आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा उहाँको सत्तारूढ दल लिबरल डेमोक्रेटक पार्टी (एलडिपी) ले दुई तिहाइ बहुमत प्राप्त गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको हो ।
कृत्रिम बौद्धिकता (एआई) लगायत विविध प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालबाट बाहिरिने भ्रामक, गलत र नियोजित दुष्प्रचारको बिगबिगी रोकी संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले थप सक्रियता बढाउन लागेको छ ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल प्रवर्धनका कार्यक्रममा जोड दिएको छ । आर्थिक वर्ष २०८२/८३ को कुल बजेटको ७० प्रतिशत पर्यटन प्रवर्धनमा खर्च गर्ने गरी प्रवर्धनको अभियान चलाएको बोर्डले युरोप, अमेरिका, एसियाली र आसियान मुलुकबाट १५ प्रतिशत पर्यटक बढाउने लक्ष्यसहित नेपाल प्रवर्धनका कार्यक्रम गरिरहेको जनाएको छ ।
सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको म्याद थप गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
बहुआयामिक, सादगी जीवनशैली र निष्ठावान् राजनीतिज्ञ सुशील कोइरालाले २०७२ असोज ३ गते संविधान घोषणा गर्दा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुभयो । ‘हलिउडको नायक बन्ने’ बाल्यकालको सपना पूरा नभए पनि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति कोइरालाले नेपालको संविधान घोषणाका लागि नायकत्व प्रदान गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ ।
नेपाल कानुन आयोगले संविधान पुनरवलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।
खुम्बु याम्बु शेर्पा समाजले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौंँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भएपनि अहिले अवरोध आएकोमा दुःख प्रकट गर्नुभएको छ ।