झापाको बुद्धशान्ति गाउँपालिका २ इन्द्रेणी चौकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
बाजुराका १० मतदान स्थल अझै पनि यातायातको पहुँचभन्दा बाहिर रहेका छन्। जिल्लामा रहेका ७७ मतदान स्थलमध्ये १० स्थानमा अझै सडक नपुगेकाले ती मतदान स्थल यातायातको पहुँचभन्दा बाहिर रहेका हुन्।
पुतलिबजार नगरपालिका वडा नं –८ थाम्काभिर खरबारीमा डडेलो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा अति सिमान्तकृत चेपाङ समुदायबाट पाँच जनाले उम्मेदवारी दिएका छन्। चितवन, धादिङ, मकवानपुर र गोरखा मुख्य बसोबास क्षेत्र रहेको चेपाङ समुदायबाट विभिन्न दलका तर्फबाट एक जना प्रत्यक्ष र चार जना समानुपातिकतर्फ उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन्।
बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ ।
लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा मङ्गलबार सप्तरी आउँदै हुनुहुन्छ । उहाँ निर्वाचनलाई लक्षित गर्दै नेता कार्यकर्तालाई भेटघाट गर्न सप्तरी आउन लाग्नुभएको पार्टीका जिल्ला सभापति एवम् सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रामदेव साहले जानकारी दिनुभयो ।
पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।
आजको राशिफल
१२० वर्ष अघिको गोर्खापत्र
लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसमा विद्यार्थीहरुले तालबन्दी गरेका छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत लमजुङ कृषि क्याम्पसमा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको पुनः परीक्षा तालिकाप्रति आपत्ती जनाउँदै तालाबन्दी गरेका हुन् ।
देशको फरक परिस्थितिमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । आवधिक हिसाबले यो निर्वाचन २०८४ सालमा हुनुपर्ने थियो । २०७९ सालमा भएको प्रतिनिधि सभाको समयावधि तीन वर्ष पनि पूरा हुन पाएको थिएन ।