सिरहा सदरमुकामस्थित कारागारमा जिल्ला सुरक्षा समिति सिरहाले सोमबार गरेको अनुगमनमा हतियार बरामद भएको छ ।
आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ ।
हुलाकी मार्ग अन्तर्गत सहजा नदीमा यथाशिघ्र पुल निर्माणकार्य सुचारु गर्ने माग सहित स्थानीय युवाहरु आन्दोलनमा उत्रिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सरावल गाउँपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एकजना बिचौलियाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
स्वास्थ्य बिमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न अस्पताललाई निर्देशन दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ ।
नेपाल एडभेन्चर रनिङ महासङ्घले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा/ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ ।
राप्ती सोनारी गाउँपालिकास्थित अगैया पुलनजिकै राप्ती नदीमा माछा खोज्दै रमाइरहेका एक बथान पानी हाँस । स्वच्छ पानीमा पौडिँदै खाद्यान्न खोज्ने यी हाँसहरूले नदी किनारको प्राकृतिक सौन्दर्य अझ आकर्षक बनाएका छन् । तस्बिरः सन्तोष दहित
सङ्घीय स्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानुन, नियमावली तथा निर्देशिका निर्माण भएका छन् ।
आगामी फागुन २ गते शनिबार हुने २०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ विधामा प्रतिस्पर्धा हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताउनुभएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने अभियान शुभारम्भ गर्नुभएको छ ।
लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिएको छ ।