खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन १ देखि ९ गतेसम्म उदयपुरमा एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल रेडक्रस सोसाइटिले एक हजार जना प्राथमिक उपचारक खटाउने भएको छ ।
नइ एकेडेमीले नेपाली भाषा-साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा ३४ जना व्यक्तित्वलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
गुल्मीमा मानव कङ्काल फेला परेको छ। यस जिल्लाको कालीगाण्डकी गाउँपालिका वडा-४ स्थित कालीगण्डकी नदीको किनार (घुमाउने) भन्ने स्थानमा ढुङ्गाको कपेरोमा मानव कङ्काल फेला परेको हाे ।
राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।
नेपाल र कतारबिच समग्र आर्थिक विकास, पर्यटन प्रवर्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।
राष्ट्रिय सभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का, महँगी नियन्त्रणसहित आगामी निर्वाचनको सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।
राजधानी उपत्यकाकै भाग भए पनि विकासमा पछि परेको काँठ क्षेत्र हो काठमाडौँ निर्वाचन क्षेत्र नं १० । काठमाडौँ महानगरपालिकाले नछुने एक मात्र निर्वाचन क्षेत्र पनि यही नै हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ ।
नेपालमा एक महिना नपुग्दै १७ जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।