• २७ माघ २०८२, मङ्गलबार

गगन थापा आज सप्तरी आउनुहुँदै

blog

नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा

सुधा देव
भारदह(सप्तरी), माघ २७ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा मङ्गलबार सप्तरी आउँदै हुनुहुन्छ ।

उहाँ निर्वाचनलाई लक्षित गर्दै नेता कार्यकर्तालाई भेटघाट गर्न सप्तरी आउन लाग्नुभएको पार्टीका जिल्ला सभापति एवम् सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रामदेव साहले जानकारी दिनुभयो ।

पार्टी सभापति थापा जिल्ला प्रवेश गरेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित कंकालिनी मन्दिरको दर्शन गरी क्षेत्र नम्बर १ को कार्यालय पुगेर सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यसपछि सभापति थापा क्षेत्र नम्बर ३ को कठौनामा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । क्षेत्र नम्बर ४ मा पनि कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।