शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, माघ २७ गते । पुतलिबजार नगरपालिका वडा नं –८ थाम्काभिर खरबारीमा डडेलो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डढेलो लगाएको आशङ्कामा स्थानीय ४५ वर्षीया जमुना कुवरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेको कुवरलाई थप अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताउनुभयो ।
आगोलागी हुनासाथ जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट गएको टोलीले प्रहरी अधिकृत सहितको टोलीले एक घण्टामा आगो नियन्त्रणमा दिएको थियो ।