यसअघिका निर्वाचनमा चुनावी एजेन्डा बन्दै आएको घोराही–तुलसीपुर चार लेन सडक पुनः यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा राजननीतिक दलहरूले चुनावी एजेन्डा बनाउन थालेका छन् । विशेष गरी दाङ क्षेत्र नं. २ र ३ का उम्मेदवारले यसलाई प्राथमिकतामा राखेर आफ्ना एजेन्डा अगाडि सार्दै आएका छन् ।
झापाको बिर्तामोड नगरपालिका-२, चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा अति सीमान्तकृत चेपाङ समुदायबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । चितवन, धादिङ, मकवानपुर, गोरखा मुख्य वासस्थान रहेको चेपाङ समुदायबाट विभिन्न पार्टीबाट
आगामी प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि भारत सरकारले नेपाली सेनालाई उपलब्ध गराएको ५० वटा सवारीसाधन भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् । झन्डै ३० करोड रुपियाँ मूल्यका ती गाडी नेपाल सरकारको निर्णय अनुसार भन्सार सहुलियतमा नेपाल ल्याइएका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलक्षित भारतीय सेनामार्फत नेपाली सेनालाई सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो ।
जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा नयाँ पुस्ता र पुराना अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३६ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा मुख्य पार्टीहरूले सम्पर्क कार्यालय स्थापना गर्दै मतदाता भेटघाट गर्न गाउँघर पुग्न लाग्दा चुनावी माहोल बढेको हो ।
खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोशीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो । खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासे
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारसँग मतदाताले विकास गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारसँग मतदाताले विकासनिर्माण र रोजगारीको आग्रह गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीति दलका उम्मेदवार अधिकांश नयाँँ भए पनि उनीहरूका प्रतिबद्धता भने पुरानै छन् । २०६४ सालदेखि निर्वाचनमा भाग लिने उम्मेदवारले सार्वजनिक गर्दै आएका प्रतिबद्धता नयाँ नभएको हुँदा यस पटकको निर्वाचनमा पनि तिनै पुराना प्रतिबद्धता छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७४ मा कर्णालीका १२ सिटमध्ये छ सिट नेकपा (एमाले) ले जितेको थियो । त्यसको ठिक पाँच वर्षपछि २०७९ मा भएको निर्वाचनमा प्रत्यक्षतर्फ कर्णालीबाट एमालेको नतिजा शून्य भयो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनबाट एमाले २०७९ भुलेर २०७४ साल दोहो¥याउने दाउमा छ ।
राजधानी उपत्यकाकै भाग भए पनि विकासमा पछि परेको काँठ क्षेत्र हो काठमाडौँ निर्वाचन क्षेत्र नं १० । काठमाडौँ महानगरपालिकाले नछुने एक मात्र निर्वाचन क्षेत्र पनि यही नै हो । त्यसैले यस पटकको निर्वाचनमा स्थानीय ‘एजेन्डा’ बोकेर यस क्षेत्रको विकासका लागि स्थानीय नेता नै आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।
भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट चुनावमा होमिएका भरतकुमार शाहले यस पटकको चुनाव आफ्ना लागि अन्तिम हो भन्दै जनतासँग मत मागिरहनुभएको छ । फा