शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाराज खड्का
बिर्तामोड, माघ २७ गते । झापाको बिर्तामोड नगरपालिका २ स्थित चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।
सोमबार राति ११ बजेको समयमा सो रेडिमिक्समा हेल्परका रुपमा काम गर्दै आएका शिवसताक्षी नगरपालिका ४ बस्ने २८ वर्षीय राजीव राजवंशी रेडिमिक्स मेशिन सफाई गर्ने क्रममा अचानक विद्युत सर्ट भई सख्त घाइते हुनुभएको थियो ।
उहाँको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।