• २७ माघ २०८२, मङ्गलबार

विधेयकको नाममा मतभेद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २७ गते । विधेयकका नाममा सहमति नभएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक मसौदाको प्रतिवेदन पारित हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयकमा प्रस्तावित नाम नै राख्नुपर्ने र समितिले नाम परिवर्तन गर्नुपर्ने अडान लिएपछि प्रतिवेदन पारित हुन सकेन । 

विधायन व्यवस्थापन समितिको बैठकले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मसौदाको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेकामा समितिका सदस्य र मन्त्रालयका प्रतिनिधिको अडानका कारण प्रतिवेदन पारित हुन नसकेको हो ।