मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले निर्वाचन आचारसंहिताविपरीत बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । सञ्जालले बुधबार सुर्खेतस्थित विभिन्न राजनीतिक दलका जिल्ला तथा प्रदेशस्तरीय नेतालाई ध्यानाकर्षणपत्र बुझाउँदै चुनावी प्रचारप्रसार, जुलुस, ¥याली, नारा लगाउने तथा पोस्टर टाँस्ने जस्ता गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो ।
पुतलीबजार नगरपालिका–५, पौवैगौंडेका रमेश थापाको असामयिक निधनपछि सङ्कलित आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।
विसं २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनसँगको प्रतिस्पर्धामा कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ सालमा माओवादीसहितका दलहरूसँग गठबन्धन गरेर चार सिट हात पा¥यो । आगामी फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको छ ।
तनहुँमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा बिहीबार देखिएकै साथ सुरु गरिएको यो अभियान आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
आगामी फाल्गुन २१ गते हुन् लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सुरक्षा तयारी तीव्र पारेको छ ।
आगामी निर्वाचनमा नेपाल प्रहरीसँग थप सुरक्षा प्रदान गर्न र नियुक्त गरिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमातहतका युनिटमा खटाइएको छ । प्रहरीको छनोट प्रक्रियाबाट छनोट भएर आएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरी हाललाई मातहत युनिटमा खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।
कञ्चनपुर निर्वाचन क्षेत्र–१ का मतदाताले जङ्गली जनावरका कारण घर, बालीनाली असुरक्षित रहेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासको बस्ती उचित योजनासहित हात्तीबाट जोगाउन सक्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा दुई हजार ७९१ कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूको विवरण सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि पाँचौ संस्करणका न्यायिक सहजकर्ताहरुलाई परिचालन गर्दैछ । यसका लागि सार्वजनिक सूचना प्रकाशन गरेर कानुन विषयमा स्नातक तह तेस्रो वर्ष पूरा गरिसकेका इच्छुक विद्यार्थीहरुलाई सहजकर्ताका रुपमा छनोट गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी क्षेत्र नं ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट दिनेशकुमार
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर २ पश्चिम नेपालकै चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर, ३ बडाचौर जङ्गल नजिक एक व्यक्तिमाथि बाघले आक्रमण गर्ने प्रयास गरेको छ । बाघको आक्रमणबाट ज्यान जोगाउन सल्लाको रुखमा चढेका स्थानीय नारायण खत्रीलाई करिब साढे दुई घणपछि स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।