बङ्गलादेशमा सम्पन्न जनमत सङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका एजेन्डालाई जनसमर्थन प्राप्त भएको सङ्केत दिएको छ ।
लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) ले चुनावी तालमेल गर्दा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका साना दल एकल चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनितिक चहलपहल पनि तीव ्ररुपमा बढेको छ । उम्मेदवारहरु चुनावी कार्यक्रमअन्तर्गत कार्यकर्ता भेटघाट, सङ्गठन निर्माण र घरदैलो अभियानमा व्यस्त छन् ।
कार्य सम्पादन मूल्याङ्कनमा जुम्लाका आठ स्थानीय तह मध्य हिमा गाउँपालिका उत्कृष्ट अङ्क सहित प्रथम भएको छ ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ ।
खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ । चुनावको कारण चिया पसलदेखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको देखिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा र शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताउनुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ ।
जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्वको (एचपिभी) खोप लगाउन सुरु गरिएको छ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही क्षेत्र नं २ का उम्मेदवारका बिचमा सालिन प्रचार शैली देखिएको छ । प्रचारप्रसारमा अन्य पार्टीका उम्मेदवारको आलोचना भन्दा आफ्ना चुनावी मुद्दालाई आम मतदातालाई बुझाउने गरी प्रचार अभियानमा उहाँहरु लाग्नुभएको छ ।
स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ ।