यसअघि र अहिले हुन गइरहेको निर्वाचनको मतदाता शिक्षा नपाएका दोलखाको उत्तरी दूरदराजका मतदाताले चुनावका बारेमा खासै चासो लिएका छैनन् । चुनावकै बारेमा अनभिज्ञ रहेका उनीहरूले मतदाता शिक्षा नै नपाएपछि चुनावप्रति खासै चासो नरहेको बिगु गाउँपालिका–१, लुमनाङका ६८ वर्षीय काञ्चोक शेर्पाको गुनासो रहेको छ ।
पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो ।
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले एक साता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडौँ फर्कनुभएको छ । पार्टीको प्रतिबद्धतापत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि उहाँ राजधानी फर्किनुभएको बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुग्नुभएको छ ।
मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई पुनः प्रयोगमा ल्याउने प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा इलामवासी भने समृद्धिका ठुला कुराभन्दा पनि इलाम पुनर्निर्माण गर्न सक्ने नेतृत्वको खोजीमा छन् । उनीहरू चुनावमा भोट कसलाई हाल्नेभन्दा पनि
जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा बिहीबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इनरोलमेन्ट र राहदानी वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ ।
धेरैजसो विद्यार्थीको सपना कक्षा ११–१२ सकेपछि विदेश जाने हुन्छ । तर तनहुँको दमौलीका १३५ जना छात्राले भने बिहीबार एक सफल महिला उद्यमीको सङ्घर्ष सुकेपछि अलि फरक सोच्न थालेका छन् “केही गर्ने भए आफ्नै माटोमा पसिना बगाउनुपर्छ ।’’
आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने भएको छ ।मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउनुहुने कार्यसूची छ । साथै अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभालाई प्राप्त पत्रको व्यहोराबारे पनि जानकारी गराउनु हुनेछ । राष्ट्रपतिले संविधानको धारा, ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । रासस