• १ फागुन २०८२, शुक्रबार

निर्वाचन लक्षित सुरक्षा सतर्कतामा कडाइ

blog

निर्वाचन लक्षित सुरक्षा सतर्कताबारे जानकारी दिनुहुँदै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंग । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, फागुन १ गते ।
आगामी फाल्गुन २१ गते हुन् लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सुरक्षा तयारी तीव्र पारेको छ । निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा सतर्कता बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो ।

निर्वाचनलाई लक्षित गर्दै शान्ति, सुरक्षा कायम राख्न र जनतालाई सुरक्षा प्रत्याभूति दिलाउन संयुक्त गस्ती टोली परिचालन गरिएको छ । मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थलहरूमा सिसिटिभी क्यामरामार्फत निगरानीसमेत कडा पारिएको उहाँले बताउनुभयो  ।

सामाजिक सद्भाव भड्काउने प्रयास गर्ने व्यक्ति तथा समूह, सामाजिक सञ्जाल तथा प्रत्यक्ष गतिविधिमार्फत समाजमा अशान्ति फैलाउन खोज्ने प्रवृत्तिमाथि समेत निगरानी बढाइएको उहाँले बताउनुभयो । शान्ति सुरक्षामा असर पार्ने कुनै पनि गतिविधिलाई छुट नदिइने उहाँले प्रष्ट पार्नुभयो ।

रौतहट निर्वाचन क्षेत्र नं. ४ मा रहेको मतदानस्थलहरुको निरीक्षण गरि सिसिटिभि जडान, पर्खाल लाउने तथा मतदान गरेर मतदाता निस्कनलाई छुट्टै निकासको व्यवस्थापन लगायतका कार्यहरु गरिएको उहाँले बताउनुभयो  । रौतहट –४ मा ६१ वटा मतदान स्थल तथा १३४ वटा मतदान केन्द्र रहेको छ । पुरुष ५८ हजार ८ सय ३६ र महिला ५१ हजार ४ सय ७८ गरि कुल १ लाख १० हजार ३ सय १४ मतदाता रौतहट क्षेत्र नं. ४ मा रहेका छन्  । रौतहट निर्वाचन क्षेत्र नं. ४ मा ३० पुरुष र ७ महिला गरि ३७ जना उम्मेदवार रहेका छन् ।