जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दाका तीन जना फरार कसुरदारलाई मङ्गलबार पक्राउ गरेको छ ।
महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानअन्तर्गत हालसम्म सात हजार ५२५ किशोरीलाई एचपिभी खोप लगाइएको छ ।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट जिल्ला मा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। रौतहट निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेस का उम्मेदवार अनिलकुमार झा घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त रहेका छन्।
आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।
कपिलवस्तुको तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले पाँच वटै स्थानीय तहका वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकलाई तालिमसहित आवश्यक सामग्री दिएपछि स्वंयमसेवक बस्ती र घरदैलोमै पुगेर मतदातालाई प्रत्यक्ष रूपमा सिकाउने छन् ।
बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनुुभएको छ ।
बाजुरा जिल्ला का विभिन्न स्थानमा सडक स्तरोन्नति तथा कालोपत्रे कार्य पूरा नभएको भन्दै मतदाताले उम्मेदवारसँग गुनासो गरेका छन्।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गर्नुभएको छ । सोमबार दमौलीमा नोपली कांग्रेस तनहुँद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताउनुभयो ।