कास्कीको माछापुच्छ«े गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले सबै वडामा एकै साथ चुनावी अभियान सुरु गरेको छ । बागलुङ क्षेत्र नम्बर १ का ३७ वटा वडामा एकै पटक औपचारिक कार्यक्रमसहित अभियान सुरु गरिएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेस प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले मत माग्न चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको छ ।
एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग गरेको छ । बैंक शाखा घोराहीका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रविण डाँगीले संयुक्तरुपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा डा. जनार्दन पन्थीलाई एसी सहयोग हस्तान्तरण गर्नु भएको हो ।
स्याङ्जामा वृद्धको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ बाजपुर का ७१ वर्षीय तुलबहादुर कार्कीको हत्या आरोपमा सोही ठाउँका ३५ वर्षीय तोरण कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ ले वर्तमान सरकारको मुख्य म्यान्डेट नै स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा समावेशी निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ।
निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएको छ । चुनावमा भाग लिएका राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार सोमबारदेखि औपचारिक रूपमा आआफ्नो निर्वाचन क्षेत्रका मतदातासामु पुगेका छन् । आयोगले फागुन ४ देखि १८ गतेसम्म निर्वाचनको औपचारिक प्रचारप्रसार गर्ने समयसीमा तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि
नेपालको राजनीतिक इतिहासमा हामीले चुनाव पटक पटक बेहोरिसकेका छौँ । आवधिक रूपमा हुने सङ्घीय निर्वाचन २०८४ मा हुनुपथ्र्यो तर अहिले नै अर्थात् २०८२ मै हुँदै छ । यो कुनै संसदीय अङ्कगणितको खेलबाट हुन लागेको मध्यावधि निर्वाचन होइन । मुलुकमा भ्रष्टाचार बढिरहँदा भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको शान्तिपूर्ण ढङ्गले व्यवस्थापन गर्नुका साथै सक्षम तथा अद्यावधिक चेतयुक्त युवा सहभागितामा नेपाली लोक
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसराको सत्यवति माविमा जलवायु मापन (तापक्रम तथा वर्षा मापन केन्द्र) स्थापना भएको छ । त्रिभुवन विश्व विद्यालय कीर्तिपुर (जल तथा मौसम केन्द्रीय विभाग), लुसान विश्वविद्यालय स्विट्जरल्याण्डको संयुक्त आयोजना परियोजनाअन्तर्गत केन्द्र स्थापना गरिएको हो ।