संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायामा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनु परेको छ भने आलोचकले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण सीमित छन् । संयुक्त वक्तव्य र ह्वाइट हाउसको तथ्यपत्रबाहेक अन्य स्पष्ट प्रावधानबाहिर आएको छैन तर नयाँदिल्लीले मार्च अन्त्यसम्म अन्तरिम समझदारीलाई अन्तिम रूप दिने जनाएको छ । यही अस्पष्टताले विशेष गरी कृषि क्षेत्रलाई चिन्तित बनाएको छ । शक्तिशाली किसान युनियनहरूले सस्तो अमेरिकी कृषि आयात भित्रिँदा कृषिमा आश्रित ७० करोडभन्दा बढी जनसङ्ख्याको रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन् ।
गोरखा जिल्लामा यस वर्ष २१ करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय गोरखाका अनुसार एक हजार ९७ हेक्टर क्षेत्रफलमा यस वर्ष तीन हजार मेट्रिक टन उत्पादन भई २१ करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको हो ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमा शुल्क सङ्कलन गरी मधेश प्रदेशबाट योग्य अभिकर्तालाई सम्मान गरेको हो ।
नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहक, बैङ्कमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेस्ट हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
मायाखोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबिच मायाखोला हाइड्रो पावरको हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७५ पैसा र बिक्रीदर १४५ रुपियाँ ३५ पैसा तोकिएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई पाँच वर्षभित्रै डिजिटल हब बनाउने अवधारणा सार्वजनिक गर्नुभएको छ । उहाँले सोमबार भिडियो सन्देशमार्फत सूचना प्रविधिलाई सुधारेर निर्यातसँगै रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको हो ।
सङ्घीय राजधानी काठमाडौँसँग मधेश तथा कोशी प्रदेशलाई कम समय र खर्चमा जोड्ने छोटो दुरीको बनेपा–सिन्धुली–बर्दीबास (बिपी) राजमार्गका पुलका चौडाइ विस्तार गर्नेबारे अध्ययन सुरु भएको छ ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सनातन समाज अष्ट्रेलियाले प्रत्येक वर्ष नेपाली परम्पराअनुसार महाशिवरात्रि भव्य रूपमा मनाउँदैआएको छ। यस वर्ष पनि सधैंझैं नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सो पर्व मनाइएको हो ।
सप्तरीमा आचारसंहिता उल्लङ्घन गरेका दुई प्रचार गाडीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारमा विदेशी (भारतीय) नम्बर प्लेटका सवारीसाधन प्रयोग भइरहेको सूचनापछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमनको क्रममा दुईवटा भारतीय नम्बर प्लेटको गाडि नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिकाले वडा नम्बर १८ स्थित सेदी र रातोमाटो डाँडामा अनुमतिविना बनाउँदै गरेका दुई संरचना भत्काएको छ । महानगरको अनुमति नलिइ निर्माण भइरहेका ती संरचना सोमबार महानगर प्रहरी र नेपाली प्रहरी परिचालन गरी भत्काइएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका उम्मेद्वार क्षितिज थेबेले आफू ताप्लेजुङको आवाज बन्ने बताउनुभएको छ। सोमबार जिल्लाको सिदिङ्वा गाउँपालिका साब्लाखुमा भएको चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै थेबेले यस्तो बताउनुभएको हो।
विज्ञापन बोर्डले अनुगमनका क्रममा कृतिम बौद्धिकता (एआई) को प्रयोग गरि मतदातामा भ्रम सिर्जना भएको फेला पारेको भन्दै ध्यानाकर्षण गराएको छ ।
नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन २०८३ साल जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ ।