• ५ फागुन २०८२, मङ्गलबार

वृद्धको हत्या आरोपमा एक पक्राउ

blog

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) फागुन ५ गते ।
स्याङ्जामा वृद्धको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ बाजपुर का ७१ वर्षीय तुलबहादुर कार्कीको हत्या आरोपमा सोही ठाउँका ३५ वर्षीय तोरण कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ आफ्नै घरमा खाना खाएर सुतेका तुल बहादुर आइतबार बिहान ७ः३० बजे तिर मृत अवस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । अनुसन्धान गर्ने क्रममा मृतकको शरिरका विभिन्न भागहरूमा चोटहरू लागेको देखिएपछि प्रहरीले हत्याको आशङ्का गरेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा सोही ठाउँका तोरण कार्कीलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप अनुमति लिएको छ । घटना बारे अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।