समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भर्ना गरिएका निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी युनिटमातहत हुने गरी एक हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका हुन् ।
लहान नगरपालिका–१३, घले टोलका किसानले लगाएको उखुमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाभित्रका उत्कृष्ट विद्यालयलाई नमुना विद्यालयका रूपमा अनुदान प्रदान गरेर थप गुणस्तरीय र व्यवस्थित बनाउने चुनावी प्रतिबद्धता गरिएको छ । साथै यहाँका एक दर्जनभन्दा बढी सडक कालोपत्रेको काम अगाडि बढाउन पहल गर्ने कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहका चुनावी प्रतिबद्धता हुन् । निर्वाचन मिति नजिकिएसँगै सिंहले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका ठुला दलका उम्मेदवारका चुनावी एजेन्डा मिल्दाजुल्दा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले उस्ताउस्तै एजेन्डा सार्वजनिक गरेका हुन् । उनीहरूले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन सञ्चालन र छ सय शय्याको अस्पताल स्थापना गर्ने, धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान अगाडि बढाउनेलगायतका एजेन्डा अगाडि सारेर मत मागिरहेका छन् ।
यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरेर उम्मेदवारले जनतालाई रिझाउन आआफ्ना चुनावी प्रतिबद्धतापत्र जनतामाझ लैजान थालेका छन् । यसक्रममा कैलाली क्षेत्र नम्बर २ नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
झापाको पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा तीन घण्टा यातायात अवरुद्ध भएको छ ।
सदरमुकाम बेँसीसहरको फूलबारी चोकको परी चिया पसलमा हिजोआज हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागिभन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी, नागरिक अगुवा, पत्रकार आदि हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । स्थानीयसमेत रहनुभएका एक बिमा कम्पनीमा कार्यरत श्याम रावल दिनमा तीन/चार पटक चिया पसलमा पुग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिया पसलमा सबै दलमा आस्था राख्नेहरू भेट हुनुहुन्छ । चुनावको बारेमा सबैका कुरा सुन्न पाइन्छ । चुनावको गतिविधि, नेता र मतदाताको विचार बुझिन्छ ।”
श्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकाकामा कुपोषणको अवस्था गम्भीर देखिएको छ । स्थानीय तहसँगको समन्वयमा हेलन केलर इन्टरनेशनलले बेस नेपाल मार्फत सञ्चालन गरेको पोषणमार्फत जीवन रूपान्तरण परियोजनाअन्तर्गत जिल्लाका सातै स्थानीय तहमा जारी बालबालिकाको पोषण लेखाजोखाका क्रममा १५ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरू सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । नेकपा (एमाले), नेपाली कांगे्रस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ।
रौतहट क्षेत्र नं. २ को समग्र विकास ‘बदलिएको कांग्रेस’बाट मात्र सम्भव हुने दाबी गर्दै नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका ३९ वर्षीय युवा मो. फिरदोश आलमले घरदैलो कार्यक्रम तीव्र बनाउनुभएको छ।
प्रतिनिधि सभा निर्वाचनको माहोल तातिरहदा चितवनको निर्वाचन क्षेत्र नंं ३ मा भने मतदातामा अझै उत्साव आउन सकेको छैन । निर्धारित समयभन्दा अगाडि र फरक अवस्थामा निर्वाचन भएको कारण पनि मतदातामा उत्साह आउन नसकेको हो ।