मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रम सम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् ।
नियन्त्रणका उपायमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् ।
नियन्त्रणका उपायमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टबाट प्रहरीले दुई केजी ९०० ग्राम अवैध चाँदीसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।
सेवा–सुविधा कम भएको भन्दै निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन (म्यादी) प्रहरीले विरोध प्रदर्शन गरेका छन्। पूर्वसहमति र अहिले दिन लागिएको पारिश्रमिकमा फरक परेको भन्दै उनीहरूले मंगलबार विरोध गरेका हुन्।
जिल्ला कारागार बागलुङको सुरक्षामा नेपाली सेनाले अगुवाई लिएको छ । निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न स्थानमा खटिएको र सुरक्षा संवेदनशिलता भएकोले सेनाले सुरक्षाको जिम्मा लिएको हो ।
गुल्मी जिल्ला विद्युतको राष्ट्रिय प्रसारणसँग जोडिएको छ। उनायचौर–पौदी–बुर्तिबाङ खण्डको परीक्षण सफल भई सेवा सुरु भएको हो। सोही अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।
महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।
नेकपा (एमाले) परित्याग गर्नुभएका पूर्वमन्त्री जितेन्द्रनाराण देव नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा देवसहित एक दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ ।
धरान उपमहानगरपालिका–२०, बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले २०७९ मा पाँच दलीय गठबन्धनलाई पराजित गरेको भन्दै त्यो बेला भन्दा चुनाव जित्न अहिले सहज रहेको बताउनुभएको छ ।