राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा ‘निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आचारसंहिता र सञ्चार’ विषयक अन्तरक्रिया आज बुटवलमा सम्पन्न भयो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको बताउनुभएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
साहित्यकार रामविनयलाई यस वर्षको हृदयचन्द्र स्मृति सम्मान प्रदान गरिएको छ । यहाँ आयोजित कार्यक्रममा हृदयचन्द्रसिंह प्रधानको १११ अौँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालको आयोजनामा सो सम्मान उहाँलाई प्रदान गरिएको हो ।
फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि धनकुटामा ६० जना स्वयम्सेवकले मतदाता शिक्षा दिन सुरु गर्नुभएको छ ।
गायक प्रविण बेडवालको स्वर रहेको ‘नयन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लेखन विधामा निरन्तर कलम चलाइरहनुभएका गीतकार तथा गजलकार आरजु गिरीको शब्द रचना रहेको गीतमा गायक प्रविण स्वयमकै सङ्गीत सिर्जना रहेको छ ।
आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले हुन लागेको खेलमा नेपालले सुरुमा फिल्डिङ गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गर्नुभएको हो ।
गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणमा जोडिएको छ । उनायचौर–पौदी–बुर्तिबाङ्गको परीक्षण सफल भएर सेवा सुरु भएको हो । सोही अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष भइसक्दा पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
काठमाडौँको नारायण गोपाल चोकस्थित सडक खण्डमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार गरिने घोषणापत्रमा शिक्षाका मुद्दालाई प्राथमिकतामा राख्न राजनीतिक दललाई अनुरोध गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नंं ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । प्रतिवद्धतापत्रमा मुख्य चार क्षेत्र उहाँले छनौट गर्नुभएको छ ।