शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ५ गते । आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले हुन लागेको खेलमा नेपालले सुरुमा फिल्डिङ गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गर्नुभएको हो ।
नेपालले यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल गुमाएको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा भने वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो ।

यसअघि नै विश्वकपबाट बाहिरिएको नेपालका लागि अन्तिम खेल प्रतिष्ठाको लडाइँका रुपमा हेरिएको छ । समूह ‘सी’मा रहेको जितबिहीन नेपाल अंक तालिकाको पुछारमा छ । यो समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन् ।
