आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहाररा पोखरा गोल्ड कपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं १ का उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्दै आफ्नो विकास योजना प्रस्तुत गर्नुभएको छ । लामाले खानीखोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल बराम सङ्घले आदिवासी समुदाय अन्तर्गत पर्ने वराम जातिलाई विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको अधिकार नदिए मतदातालाई मतदान नगर्ने जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले गोरखा क्षेत्र नम्बर १ र २ का सबै पार्टी र दलले बराम जातिको थातथलोलाई समेटेर सर्वोच्चले दिएको आदेश कार्यान्वयन गर्न माग गरेको हो ।
उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः रक्तरञ्जित बनेको छ । दुई बम आक्रमण र सुरक्षाकर्मी तथा आतङ्ककारीबिचको गोली हानाहानमा कम्तीमा १४ सुरक्षाकर्मी र एक बालिकासहित तीन सर्वसाधारणको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारस्थित सडक खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचनको आचारसंहिताविरुद्ध कसैले द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार गाउँगाउँ पुगेर मत माग्न व्यस्त हुनुभएको छ ।
फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् । इलाम क्षेत्र–२ मा पर्ने माङ्सेबुुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङ आज नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको छ ।
रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डल अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलको प्रचार अभियान सुरु भएपछि जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता अनुगमनमा तीव्रता दिएको छ ।
बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७ औँ शताब्दीको स्विडेनी नौ सैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले देशलाई लयमा ल्याउने प्रतिज्ञासहित ‘कांग्रेस मधेस प्रतिज्ञा सभा’ आयोजना गर्न लागिएको बताउनुभएको छ।