• ५ फागुन २०८२, मङ्गलबार

महेन्द्र राजमार्गको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गलमा शङ्कास्पद वस्तु फेला

blog

सुरक्षा घेरामा राखिएको क्षेत्र ।

नारद कोहार

तौलिहवा(कपिलबस्तु), फागुन ५ गते ।महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

स्थानीयवासीले सडकछेउमा बेवारिसे अवस्थामा राखिएको वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।त्यसलगत्तै इलाका प्रहरी कार्यालय गोरुसिङेबाट प्रहरी टोली खटिई उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले शङ्कास्पद वस्तु फेला परेपछि आवश्यक सतर्कता अपनाइएको बताउनुभयो ।

 उहाँका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ र टोलीले सुरक्षित रूपमा डिस्पोजलका लागि आवश्यक तयारी गरिरहेको छ ।

“सडक आसपासका सर्वसाधारणलाई केही समयका लागि उक्त क्षेत्र प्रयोग नगर्न अनुरोध गरिएको छ।अवस्था सामान्य भएपछि मात्रै आवागमन पूर्णरूपमा सुचारु गरिनेछ,” सिंहले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।