शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा(कपिलबस्तु), फागुन ५ गते । कपिलवस्तुको तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको बताउनुभयो ।
उहाँले शङ्कास्पद वस्तु फेला परेको ठाउँमा नेपाल प्रहरीको टोली पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइरहेको बताउनुभयो । सोबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।