फागुन २१ गते हुने सङ्घीय निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा सुरक्षाकर्मी परिचालन कार्य तीव्र पारिएको छ। पहिलो चरणअन्तर्गत निर्वाचन प्रहरीलाई सम्बन्धित कार्यक्षेत्रमा खटाइएको छ।
झापा क्षेत्र नं. ३ मा आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पुराना दल आफ्नो आधारक्षेत्र जोगाउन कसरत गरिरहेका छन् भने संसदीय निर्वाचनमा पहिलो पटक भाग लिएकाहरू त्यसमा चुनौती थपिरहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
नेपाली कांग्रेस धनकुटाले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। नेपाली कांग्रेस निर्वाचन मूल प्रचारप्रसार समिति धनकुटाले धनकुटास्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेको हो।
गुल्मीका गाउँ गाउँमा मतदाता शिक्षा सञ्चालन भएको छ । जिल्लाभरिमा ९३ मतदाता स्वयंसेवकमार्फत मतदाता शिक्षा सञ्चालन भइरहेको छ । आगामी निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको हो । फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुने छ ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
गुल्मी अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्झौता भएको लामो समयपछि भवन निर्माणले गति लिँदै गएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) का दिन आजभन्दा ६५ वर्ष पहिला अर्थात् २०१८ सालमा राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो । यसर्थ राष्ट्रिय प्रजातन्त्र दिवस र राससको स्थापना दिवस दुवै खास महत्त्वका छन् ।
मुस्ताङ घरपझोङ गाउँपालिका–२,मार्फामा अवैधरूपमा चोरी सिकारीका लागि धमाधम पासोहरू भेटिन थालेपछि जासुसी क्यामेरा जडान गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।
अरुले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ एक युवाले गुडबाट पाँच लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आज स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाउँदैछ ।
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ ।