सवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्नु निर्वाचन आयोगको प्रमुख दायित्व हो । निर्वाचन सफल बनाउन सुसूचित मतदाताको सक्रिय सहभागिता अत्यावश्यक हुन्छ । आमनागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन मतदाता शिक्षा एवं निर्वाचन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । मतदातालाई मतदान विधि, मतपत्रको सही प्रयोग, आचारसंहिता र गलत सूचनाबाट बच्ने उपायबारे जानकारी दिने कार्य निर्वाचनको मिति तय भएसँगै आयोगबाट क्रमशः हुँदै आएको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी गतिविधि तीव्र बनेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू आमसभा र ठुलो जमघटभन्दा घरदैलो अभियानमै बढी केन्द्रित भएका छन् ।
विराटनगर पूर्वी नेपालको सय वर्षभन्दा पुरानो ऐतिहासिक सहर हो । विराटनगरको पहिचान नेपालकै पहिलो सङ्गठित मजदुर आन्दोलन गर्ने थलो, पाँच पूर्वप्रधानमन्त्री जन्माएको भूमि, देशको पहिलो आधुनिक उद्योग स्थापना भएको स्थान र पहिलो रेडियो बजेको सहरसँग पनि जोडिएको छ । यति धेरै पहिचान जोडिएको सहर सायद विराटनगर मात्रै होला । कुनै समय विराटनगर जुट मिलले भारत र बङ्गलादेशका बजारसँग जुटको प्रतिस्पर्धात्मक व्यापार गथ्र्यो । त्यही जुट
१०० वर्ष अघिको गोर्खापत्र
१० वर्षको उमेरदेखि लेखनीको थालनी गरेका नियात्राकार युवराज नयाँघरे ठेट, झर्रो र नेपाली मौलिक शैलीका नियात्रा लेखकका रूपमा चर्चित हुनुहुन्छ । मदन पुरस्कार, उत्तम शान्ति पुरस्कार, मोती पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट स
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताउनुभएको छ ।
शेर्पा समुदायले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाएका छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । हिमाली क्षेत्रमा बसोबास गर्ने महायानी बौद्धमार्गी समुदायले मान्ने लोसार अर्थात् नयाँ वर्षको गणना मञ्जुश्री र कालचक्र ज्योतिष शास्त्रमा आधारित रहेको शिक्षा समन्वय समितिका सदस्य आचार्य सार्की शेर्पाले बताउनुभयो ।
रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
गायिका प्राश्ना शाक्यको आवाजमा ‘प्रियतम’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल सुदित र श्रीतिकाबिच प्रेम र समर्पण देखाइएको छ । निर्वाण केरुङको शब्द र सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ ।
फागुन २१ गते निर्वाचनलक्षित प्रतिबद्धतापत्र जारी गर्दै विभिन्न दलले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक उन्नतिका आधारका रूपमा प्रस्तुत गरेका छन् । बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले र गत आइतबार उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा ऊर्जालाई समृद्धिको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा साढे सात लाखभन्दा बढी यात्रुले हवाईयात्रा गरेका छन् । विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को जनवरीमा आन्तरिक र बाह्यतर्फ सात लाख ५० हजार १८३ यात्रुले हवाईसेवा लिएका हुन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सीमा (सिलिङ) बुझाएको छ । आयोगले आगामी तीन आवका लागि बजेटको सीमा र स्रोतसहितको प्रतिवेदन मङ्गलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको हो । अर्थतन्त्रको पछिल्लो अवस्था र बदलिएको परिस्थितिलाई समेत ध्यानमा राखी स्रोत अनुमान पेस गरिएको आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य बजारमा नाफा कमाउने बहानामा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको जनाएको छ । विभागले उपत्यकामा गरेको अनुगमनका क्रममा धेरै जसो उद्योगी र व्यवसायीले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ पालना नगरेको र न्यून गुणस्तरका खाद्य वस्तु बिक्रीवितरण गरिरहेको फेला पारेको हो । विभागका अनुसार बजारमा खाद्य मापदण्डविपरीत वस्तुको प्याकेजिङ गर्ने र स्वच्छतामा ध्यान नदिने समस्या बढ्दो देखिएको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ ।