काठमाडौं, भदौ २१ गते । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताउनु भएको छ ।मङ्गलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्नु उपयुक्त हुने धारणा राख्नुभएको हो । महामन्त्री थापाले भन्नुभयो, ‘‘मूलतः प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषयमा संसद् भित्र पनि संसद् बाहिर पनि चासोको विषय बन्यो । हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो । हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौँ–तीन तहको सरकार, संसद्, त्यसको निर्वाचन अवधिहरू तोकेका छौँ । त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ ।’’उहाँले पछिल्लो केही समययता सांसद १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै सांसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकतासमेत औँल्याउनु भयो । ‘‘मानौँ हामीहरू एक/दुई महिनाको पारिश्रमिक र सेवा, सुविधा लिने कुराको निम्ति सबै मरिहत्ते गरिरहेका छौँ । त्यो नै सर्वाधिक महत्त्वको कुरो हो जस्तो गरिएको छ । कहिलेकाहीँ संसद्को प्रतिष्ठाको लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ । यतातिर पनि हेक्का राखौँ भन्ने लाग्छ मलाई’’, थापाले भन्नुभयो । अहिले प्रस्तुत भएको सन्दर्भमा निर्वाचनपछि आउने सांसदले लामो बहस र छलफल गर्ने उहाँको भनाइ छ । सांसद थापाले आवश्यक परे संविधान संशोधन गर्नुपर्ने विषयसमेत उठाउनु भएको छ । महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनलाई आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने बताउनुभयो ।
पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, भदौ २१ ग्ते । फिल्म 'प्रेमगीत ३'को 'हर युग होस्' गीतको भिडियो सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्म आज सार्वजनिक भएको हो । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्कीको सङ्गीत छ । गीतको भिडियोमा प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गर्नुभएको छ । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पार्नुभएको हो ।प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्मलाई सञ्जय सक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।
भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई मङ्गलबार बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।
काठमाडौं, भदौ २१ गते । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।मङ्गलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो माग गर्नुभएको हो। उहाँले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताउनु भयो। उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो। सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभयो। उहाँले चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेख तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताउनु भयो। सांसद कोइरालाले नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताउनुभयो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रुपमा घटेको छैन् ।
सोमबार भएको कारोबारमा४.२९ अङ्क घटेर बन्द भएको नेप्से मङ्गलबार २१.१६ अङ्क घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अङ्क घटेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ठूलो परिणाममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
नेकपा (एमाले) बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
संयुक्त राज्य अमेरिकाका कार्यवहाक मुख्य उपसहायक मन्त्री एलिजावेथ होर्स्ट नेपाल आइपुग्नु भएको छ ।
बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बे पाँचथरबाट सङ्घीय प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुनुभएको छ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। जसपा नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।
गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट सम्पन्न भएको छ ।