• २२ पुस २०८१, सोमबार

जसपा ताप्लेजुङले गर्‍यो उम्मेदवारको नाम सिफारिस

blog

जनता समाजवादी पार्टी नेपालको ताप्लेजुङ समितिको बैठकमा सहभागी नेता ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २१ गते। सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। जसपा नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।

 जसपा ताप्लेजुङका अनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जनाको नाम सिफारिस गरिएको छ। जसअनुसार प्रत्यक्षतर्फ निर्मला तावा, कुमार साम्यो र चन्द्र मादेनको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ असिम पालुङ्वा, सेन्छेहाङ पोमु र सुजित ओख्राबुको नाम सिफारिस भएको छ।

 यस्तै प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष कीर्तिमान मादेन, श्री लिङ्खिम र अमृत लिङ्देनको नाम सिफारिस भएको छ। समानुपातिकमा सूर्य तमु, युवराज गुरुङ, कीर्तिमान मादेन, कर्ण पालुङ्वा, अशोक विक र सरस्वता सिङ्घकको नाम छ। 

त्यस्तै प्रदेशसभा (ख) तर्फ पनि प्रत्यक्षमा तीन जना र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गरिएको छ। जसमा नवीन माबोहाङ, सेन्छेहाङ पोमु र डिल्लीजंग साँबा प्रत्यक्षतर्फ र गौरी थलङ, प्रवीन चाम्लिङ, अञ्जना शेर्पा, निर्मला तावा र धनराज विकको नाम समानुपातिकमा सिफारिस गरिएको जिल्ला अध्यक्ष मादेनले जानकारी दिनुभयो।