निर्धारित समयमा काम सम्पन्न गर्न तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम रोकिएको छैन । तिहार सुरु भइरहे पनि काम तीब्र रुपमा निरन्तर भइरहेको आयोजनाले जनाएको छ । यसअघि दशैं नेपालीको ठूलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो ।
शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ हेरेपछि अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मालगायतले भिन्नभिन्न प्रतिक्रिया दिनुभएको छ ।
प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो। दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देखिनुभएको छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोसाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा प्रस्तुत हुनुभएको छ।
आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १७ वर्ष बित्दा पनि अझै अधुरै रहेको छ । आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा बजेट र समय अवधि पनि थप हुँदै गएको छ ।
अछामका उम्मेदवार मत माग्न सर्वसाधारणका घरखेतमै पुग्न थालेका छन् । घरखेतको काममा व्यस्त रहेका व्यक्तिसम्मै पुगेर विकासे योजना सुनाएर मत मागिरहेका छन् । उम्मेदवारले रोजगारी, सडक, पुलपुलेसा, खानेपानी, गुणस्तरीय शिक्षाको मुद्दा लिएर मत माग्न थालेका हुन् । घरदैलो भेटघाटको योजना बनाएर बारीको धान, कोदो भिœयाउने र खेतगह्रा खनजोतमा रहेका कृषकमा पुगेर मत माग्न थालेका हुन् ।
सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका–९, सेहरीको झोलुङ्गे पुल सम्पन्न हुनसकेको छैन । वडाको राजीफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिलर निर्माणबाहेक अरू काम हुनसकेको छैन ।
दैलेखको गुराँस गाउँपालिकामा मोबाइल फोनको नेटवर्कसम्म भरपर्दो छैन । दूरीका हिसाबले प्रदेश राजधानीसँगै जोडिएको नजिकको पालिका हो । त्यस क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन्। चुनावी गतिविधि बढिरहँदा दाङ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ चर्चामा रहने गरेको छ।
अव्यवस्थित रूपमा बसोबास गर्दै आइरहेका मुसहर समुदायले आफ्नो मागबमोजिम व्यस्थित बस्ती बनाइदिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने बताएका छन्। जमिन र घर निर्माण गरी दिने दलका उम्मेदवारलाई मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि मत दिइने मुसहर समुदायका अगुवाले बताएका छन्। पुस्तौँदेखि लहान–१ र २ का मुसहर समुदाय नदीको किनार र सडकको पेटीको ऐलानी जग्गा बसोबास गर्दै आएका छन्।
रौतहटको पुरानो तथा ठूला बजारमध्येको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर हाटबजार अतिक्रमणको चपेटामा परेर साँघुरिदै गएको छ। अतिक्रमणको कारण झन्डै डेढ बिघा (२९ कट्ठा) क्षेत्रफल रहेको सरकारी जमिनमा लाग्दै आएको हाटबजार साँघुरिएर अहिले १४ कट्ठा क्षेत्रफलमा सीमित हुनपुगेको छ।
स्याङ्जाको क्षेत्र नं. २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेबाट सचिव पद्माकुमारी अर्यालबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत साना दल तथा स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापति बन्नुभएका गुरुङका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो। २०६४ र २०७० सालको संविधान सभामा गुरुङ समानुपातिकबाट संविधान सभा सदस्य बन्नुभएको थियो। कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठ समानुपातिकको बन्द सूचीमा बसेपछि धनराजलाई टिकट पाउन धेरै मेहनत गर्नु परेन।
नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न लाग्दा लक्ष्मण प्रजापति भने आफ्नो चक्कालाई छोड्ने तरखरमा हुनुहुन्न। उहाँ अझै प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ।
अब सहकारी सङ्घ/संस्था तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न निकायले आफूखुसी सहकारीका तालिम तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नपाउने भएका छन् । नियामक निकाय सहकारी विभागले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि, २०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षाबाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
नेपालीको दोस्रो महान् चाड तिहार हाम्रा घरआँगनमा भित्रिइसकेको छ। तिहारका पाँच दिनलाई प्रकृति र मानवबीचको अन्तरसम्बन्ध उजागर गर्ने पर्वका रूपमा पनि लिइन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना यो पर्वको खास विशेषता हो। दिदी–भाइको अटुट प्रेमको चाडका रूपमा यसको नेपाली समाजमा निकै महत्वपूर्ण स्थान छ। मानव जीवन उपयोगी पशुपन्छी काग, कुकुर, गाई, गोरुका साथै प्रकृत्तिप्रदत्त गोवद्र्धन पर्वत (डाँडाकाँ