• १५ असोज २०८१, मङ्गलबार

‘मुटु दह्रो बनाएर नालापानी हेरियो’

blog

काठमाडौँ, कात्तिक ६ गते । शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ हेरेपछि अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मालगायतले भिन्नभिन्न प्रतिक्रिया दिनुभएको छ । 

निर्देशक दीपाश्री निरौलाले ‘ऐतिहासिक कुरालाई चलचित्रमा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन आफूले साथ दिने बताउनुभयो । अभिनेता दीपकराज गिरीले भन्नुभयो, “हाम्रो यति गर्विलो इतिहास हुँदाहुँदै पनि हामीले चाहेको जसरी ती कथालाई पर्दामा देखाउन सक्दैनौँ । यो चलचित्रको निर्माण पक्षले त्यो प्रयास गरेको छ, जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।” यस्तै कलाकार निर्मल शर्माले आफूले तीन पटक यो चलचित्र हेरेको जानकारी दिनुभयो । 

बलभद्र कुँवरले नालापानीमा लडेको युद्धमा आधारित चलचित्रमा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।