बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको आशङ्कासँगै सार्वजनिक रूपमा विरोध भएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गाउँपालिकाको भवन अलपत्र पार्ने निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौँ कम्पनीलाई कालो सूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार प्रकाशन गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी ८ साउन २०८० सम्मका लागि निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको उल्लेख छ ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तहका न्यायिक समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले पालिकाका न्यायिक समितिलाई सक्रिय बनाउन सके स्थानीयस्तरमै प्रभावकारी र सर्वसुलभ ढङ्गबाट न्याय सम्पादन हुने बताउनुभएको हो।
पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना परीक्षण गर्दा ५६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुङ्गो लगाएको हो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिक गेम्सको छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको छ ।
मङ्गलबार उच्च अङ्कले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । आज नेप्से सूचक २३.८३ अङ्कले बढेर २१११.९९ बिन्दुमा पुगेको छ ।
निरन्तरको वर्षाका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेर दैनिक यातायात सेवा प्रभावित हुनेगरेको छ । ग्रामीण सडकमा यातायातका साधनहरु चल्नै छाडेको यातायात व्यवसायी गणेश धामीले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई विदाइ गरेको छ । केसीलाई बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङ, कर्मचारी र प्रशिक्षकहरुले विदाइ गर्नुभएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभएको छ ।
यहाँस्थित नेपाल–भारत नाकामा अवैध चोरी पैठारी र निकासी रोक्न सक्रिय रहेको सशस्त्र प्रहरीले ६ महिना अवधीमा करिब साढे दुई करोडको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार राजस्व छलेर ठूलो परिमाणमा मालसामानको अवैध आयात निर्यात भैरहेको नेपालगञ्ज र सो वपिरिका नाकाबाट तस्करले भित्र्याउन खोजेको २ करोड ४१ लाख ६५ हजार ९१६ रुपियाँ बराबरमा अवैध सामान ६ महिनाको अवधीमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।
वैदेशिक रोजगारको सिलासिलामा युएईमा रहेका आदिवासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ यूएईले २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा ‘आदिबासी महोत्सव–२०२२’ कार्यक्रम गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले परिणाम देखिने गरी अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।