वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार ९८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सह-प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।
नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुसीयालीमा बिहीबार बुटवलमा जितगढी उत्सव गरिएको छ । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ ।
शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ ।
संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।
वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो। चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन्।
कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको छ भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।
१८औँ राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडी स्वर्ण जितेका छन् । नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगितामा इन्द्रबहादुर श्रेष्ठ र उहाँका बहिनीहरू निशा र देवकीले स्वर्ण जित्नुभएको हो ।
चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरू देखिएका छन् ।
दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ ।
बंगलाचुली गाउँपालिका –३ भेडाबारी निवासी लालबहादुर राना मगर काठ तथा घर निर्माणको काम गर्दै आउनुभएको छ ।
भेरी नदीमा निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् ।
युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ ।